
नयाँ दिल्ली, 14 दिसम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चको एन्टी-रोबरी एण्ड स्न्याचिंग सेलले हाइटेक ढंगमा कार चोरी गर्ने अन्तर्राज्यीय गिरोहको भण्डाफोर गरेको छ। यस सम्बन्धमा पुलिसले गिरोहका टाउके सहित तीनजना आरोपीहरूलाई पक्राउ गर्नको साथै तीन वटा चोरीको कारलाई जफत गरेको छ। पुलिसले आरोपीहरूबाट इलेक्ट्रनिक की-क्लोनिंग ट्याबलेट, डुप्लीकेट चाबी र मोबाइल फोन पनि जफत गरेको छ।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त सञ्जीव यादवले आइतवार बताए, हिजोआज बढ़्दो वाहन चोरीका घटनाहरूलाई मध्यनजर गर्दै पुलिसको एक विशेष टीमलाई सक्रिय बनाइएको थियो। यसै अवधि हेड कन्स्टेबल अमितलाई सूचना प्राप्त भयो, एक अन्तर्राज्यीय गिरोहले दिल्लीबाट कार चोरेर दिल्ली-एनसीआरदेखि बाहिर अन्य राज्यहरमा बिक्री गर्दै आइरहेको छ। सूचनाको आधारमा तकनिकी निगरानी तथा सुराकी तन्त्रको माध्यमबाट आरोपीहरूाथि नजर राखियो।
पुलिस उपायुक्त अनुसार गत 6 दिसम्बरमा पुलिस टीमले हापुड़ (उप्र) निवासी सोनू औ सोनीपत (हरियाणा) निवासी सन्दीपलाई समात्यो। उनीहरूको कब्जाबाट मंगोलपुरी थाना क्षेेत्रबाट चोरी भएको एउटा मारूति स्विफ्ट कारलाई जफत गरियो। जाँचबुझमा सन्दीपले बताए अनुरूप सोनीपतको सेक्टर-23 बाट अर्को चोरीको मारूति स्विफ्ट कारलाई जफत गरियो जसलाई बलाना थाना क्षेत्रबाट चोरी गरिएको थियो।
अनुसन्धानको क्रममा गिरोहको तेस्रो सदस्य अशिष उपनाम दीपु, निवासी इटावा (उप्र)-लाई पनि समातियो। उसैले बताए मुताविक साकेत थाना क्षेत्रबाट चोरी गरिएको एउटा मारूति ब्रेजा कार, टाटा र मारूति सुजुकी वाहनको डुप्लिकेट चाबी साथै एउटा इलेक्ट्रनिक ट्याबलेज जफत गरियो। पक्रा पर्ने आरोपीहरू पहिलाबाटै विभिन्न आपराधिक मामिलाहरूमा सामेल हुँदै आएका थिए जसमाथि विभिन्न थानाहरूमा धेरैवटा मुद्दाहरू दर्ता छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा