
नयाँ दिल्ली, 14 दिसम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चको साइबर सेलले नक्कली औ मिसावटी औषधिहरूको ठूलो संगठित ऱ्याकेटको भण्डाफोर गरेको छ। यस कारबाहीमा लगभग 2.3 कड़ोर रुपियाँको स्प्यूरियस (नकक्ली) शेड्यूल-एच श्रेणीको मलहम जफत गरिएको छ जसलाई असली औषधिको रूपमा देशभरि नै बेचिरहेको थियो। यी नक्कली औषधिहरू आम मानिसहरूको स्वास्थ्यको लागि गम्भीर खतरा बन्नसक्थ्यो।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त आदित्य गौतमले आइतवार बताए, पुलिसले यस सम्बन्धमा दुई जना आरोपीहरूलाई पक्राउ गरेको छ जसको पहिचान मीरपुर हिन्दू गाउँ, लोनी, गाजियाबाद (उप्र) निवासी गौरव भगत औ श्रीराम उपनाम विशाल गुप्ताको रूपमा भएको छ।
पुलिस उपायुक्तले बताए, क्राइम ब्राञ्चको टीमलाई गुप्त सूचना प्राप्त भएको थियो कि सदर बजार, तेलीवाड़ा क्षेत्रमा नक्कली औषधिहरूको ठूलो खेप लगिँदैछ। सूचनाको आधारमा तकनिकी निगरानी तथा धरातलीय गुप्त जानकारीको आधारमा साइबर सेलको टीमले छापमा माऱ्यो।छापामारीमा प्रचुर मात्रामा नक्कली शेड्यूल-एच मलहम जफत गरियो जसमा बेटनोभेट-सी र क्लप-जी जस्ता चर्चित औषधिहरू सामेल थिए।
विश्लेषणको आधारमा उप्रको गाजियाबाद जिल्ला अन्तर्गत लोनीस्थित मीरपुर हिन्दू गाउँमा नक्कली औषधि बनाउने एउटा फ्याक्ट्रीको खुलासा भयो। यहाँबाट प्रचुर मात्रामा बनाइएको नक्कली औषधि, प्याकिंग सामग्गरी, काँचो माल, केमिकल्स तथा औषधि बनाउने मशिनहरू जफत गरियो। छापामारीमा ड्रग इन्स्पेक्टर औ सम्बन्धित औषधि कम्पनीहरूका अधिकृत प्रतिनिधि पनि उपस्थित थियो।
पुलिस अधिकारी अनुसार दिल्ली र उप्रको नर्थ एवं सेन्ट्रल जोनका ड्रग इन्स्पेक्टरहरू तथा औषधि कम्पनीहरूका प्रतिनिधिहरूले घटनास्थलमा जाँच गरी नमूना संग्रह गरे। जाँचमा जफत गरिएको औषधि नक्कली रहेको पुष्टि भयो जुन औषधि न त सम्बन्धित कम्पनीद्वारा बनाइेको थियो न त आरोपीहरूसित यसलाई बनाउे अनि बेच्ने कुनै वैध लाइसेन्स थियो।
क्राइम ब्राञ्चको भनाइ छ, यस ऱ्याकेटसित सम्बन्धित सप्लायर, डिलीभरी नेटवर्क तथा अन्य आरोपीहरूको खोजीमा छापामारी जारी छ। पुलिस यस अवैध कारबारको सम्पूर्ण सप्लाई चेनलाई समाप्त गर्नमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा