दार्जिलिङमा क्रामाकपाको स्थापना दिवस समारोह सम्पन्न
cprm


क्रामाकपाको जन्म जातीय उन्मुक्तिको निम्ति भएको हो: आरबी राई

दार्जिलिङ, 14 दिसम्बर (हि.स.)। क्रामाकपा पार्टी दार्जिलिङ आञ्चलिक कमिटीको तत्वावधानमा आज क्रामाकपाको स्थापना दिवस क्रामाकपा पार्टी कार्यालय रतनलाल ब्राह्मण स्मृति भवन दार्जिलिङमा सम्पन्न भयो। कार्यक्रम क्रामाकपा परामर्श कमिटीका चेयरम्यान कमरेड आरबी राई लगायत केन्द्रिय कमिटीका वरिष्ठ कमरेडहरुले शहीद वेदीमा पुष्प अर्पण साथै मौन धारण गरि श्रद्धांजलि अर्पित गरे।

परामर्श कमिटीका वरिष्ठ नेता कमरेड आरपी पाख्रीनले आफ्नो सम्बोधनमा कमरेडहरूलाई अझ सशक्त भएर अघि बढ्न आग्रह गरे। संगठन प्रमुख कमरेड शेखर छेत्रीले क्रामाकपाको जन्म नै हाम्रो जातीय स्वाभिमान र संरक्षणको निम्ति १९९६ सालमा भएको बताए। उनले आगामी विधानसभा चुनाउलाई ध्यानमा राख्दै पार्टीको दिशानिर्देशको निम्ति तयार रहने आह्वान गरे।

यसैगरी, क्रामाकपा कार्यकारी अध्यक्ष कमरेड बीएम राईले घाम पानी सबै सहेर आजसम्म यो पार्टीलाई साथ दिने कमरेडहरूमा अभिनन्दन व्यक्त गरे। उनले जातीय र आत्मनिर्णयको लडाईलाई अघि बढाउने काम गरिरहेको बताए। उनले केन्द्र सरकारको हाम्रो जातिप्रति उदासीन व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे। क्रामकपालाई यसरी नै अनदेखा गरे आगामी विधानसभामा विचार गर्नुपर्ने मनतव्य राखे।

क्रामाकपा परामर्श कमिटीका चेयरम्यान कमरेड आरबी राईले आफ्नो सम्बोधनमा भने, क्रामाकपाको जन्म नै बङ्गाल सरकारको हामीलाई हेर्ने दृष्टि र थिचोमिचोको कारण जातीय उन्मुक्तिको निम्ति भएको हो। हाम्रो भूमि हाम्रा बाजे बोजुहरुले जङ्गल फाडेर सजाएको ठाउँ हो। हामीलाई अहिले आएर बसेका भन्दा मान्दैनौं। भाजपासितको सम्बन्ध यदि हाम्रो माग पूरा भएन भने तोड्न पनि पछि हट्दैनौँ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande