घरमा भएको आगलागीमा बालकको मृत्यु
घरमा भएको आगलागीमा बालकको मृत्यु


नयाँ दिल्ली, 14 दिसम्बर (हि.स.)। शाहदरा जिेल्लाको विवेक विहार थाना क्षेत्रमा बितेको राति भएको आगलागीमा एक वर्षीय बालकको मृत्यु भयो भने उसकी चार वर्षीय दिदीको अस्पतालमा भपचार भइरहेको छ।

शाहदरा जिल्लाका पुलिस उपायुक्त प्रशान्त गौतले आइतवार बताए, बितेको राति जीटीबी अस्पतालबाट सूचना प्राप्त भएको थियो कि दुईजना स-साना नानीहरूलाई जलेको अवस्थामा अस्पतालमा ल्याइएको छ। सूचना पाएपछि विवेक विहार थानामा मामिला दर्ता गरियो। मामिलाको जाँचको जिम्मा एएसआई सुरेशलाई सुम्पिइयो। जाँचमा घाइतेहरूको पहिचान राजीव क्याम्प, झिलमिल निवासी चार वर्षीय परी र एक वर्षीय अंशको रूपमा भयो। यसैबीच राती जीटीबी अस्पतालबाट सूचना प्राप्त भयो, उपचारको क्रममा एक वर्षीय अंशको मृत्यु भयो। यस सम्बन्धमा थानामा डीडी नम्बर 138 दर्ता गरियो।

पुलिस उपायुक्त अनुसार जाँचबुझमा नानीहरूकी आमा निशाले पुलिसलाई बताइन्, तिनी कोठामा खाना पकाइरहेकी थिइन् र यसै अवधि तिनी केही क्षणको लागि बाहिर गएकी थिइन्। दुवै नानीहरू पलंगमा थिए। ग्यास चुल्हा र पलंगबीचको दूरत्व लगभग डेढ़ फुट थियो। लगभग 15 मिनटपछि फर्केर आउँदा पलंगमा आगो लागिसकेको थियो साथै दुवै नानीहरू जलिसकेका थिए। छिमेकीहरूको सहयोगले दुवैलाई तत्कालै अस्पतालमा पुऱ्याइयो।

पुलिसको भनाइ छ, प्रारम्भिक जाँचमा कुनै प्रकारको आपराधिक षड़यन्त्र वा लापरवाही भएको शंका छैन। मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande