घैयाबारीमा नगद राशि फुटबल टुर्नामेन्ट हुने
Ghayabari football tournament


खरसाङ, 14 दिसम्बर (हि.स.)। घैयाबारी स्पोर्ट्स वेलफेयर एसोसिएशनको आयोजनामा घैयाबारीमा यसपाली पनि नगद राशि फुटबल टुर्नामेन्टको आयोजना गरिने भएको छ। घैयाबारीको नेताजी हाई स्कूलमा आगामी 3 जनवरीदेखि उक्त नगदराशि फुटबल टुर्नामेन्ट शुरु हुने भएको छ।

घैयाबारीमा‌ आज पत्रकारहरुलाई सम्बोधन गर्दै घैयाबारी स्पोर्ट्स वेलफेयर एसोसिएशनका पदाधिकारीहरूले आगामी 3 जनवरीदेखि नगद राशि फुटबल टुर्नामेन्ट शुरु हुने जानकारी गराए। यस फुटबल टुर्नामेन्टका विजेतालाई ट्रफीसहित एक लाख पचास हजार रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ नगदराशिसहित गरिने छ।

घैयाबारी स्पोर्ट्स वेलफेयर एसोसिएशनका सभापति सम्पल राई र सचिव शंकु खवासले भने, 16 वटा टिमलाई प्राथमिकता दिइने छ, यस कारण आगामी 28 दिसम्बरसम्म टिम जोइन गर्न सक्ने छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande