दुई गुटमाझ हिंसा, 12 वर्षीय बालिकाको मृत्यु
दुई गुटमाझ हिंसा, 12 वर्षीय बालिकाको मृत्यु


उत्तर दिनाजपुर, 14 दिसम्बर (हि.स.)। पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्ला अन्तर्गत इस्लामपुरमा क्षेत्र कब्जालाई लिएर दुई गुटमाझ भएको हिंसक झड़पमा एकजना नाबालिकाको मृत्यु भयो। गए शनिवार अबेर राती भएको यस घटनामा गोली चल्नको साथै बमबाजी पनि भयो। घटनापछि क्षेत्रमा व्यापक तनाउ फैलिएको छ। पुलिस बललाई तैनाथ गरिएको छ। अहिलेसम्ममा यस मामिलामा पुलिसले दुईजना मानिसहरूलाई पक्राउ गरेको छ।

पुलिस सूत्र अनुसार मृत नाबालिकाको पहिचान इस्लामपुर थाना अन्तर्गत माटीकुण्डा नम्बर-2 पञ्चायतस्थित झलझली क्षेत्र निवासी 12 वर्षीय कौसेरा बेगमको रूपमा भएको छ जो आठौं कक्षाकी छात्रा थिई। स्थानीय सूत्रबाट थाहा लागेको छ, विगत लामो समयदेखिकै रफिक आलम र नूर आलमबीच क्षेत्र कब्जालाई लिएर संघर्ष भइरहेको थियो। मृत नाबालिकका पिता जाहिद आलम रफिक आलमका समर्थक हुन्।

आरोप छ, गए शनिवार राती नूर आलमका मानिसहरूले जाहिद आलमको घरमा बमबाजी गरे। गोली पनि चल्यो। यसै हमलामा छर्राको गोली लागेर जाहिद आलमकी नाबालिक छोरी कौसेरा घाइते भई। उसलाई तत्कालै इल्सामपुर सब-डिभीजनल अस्पतालमा लगियो जहाँ ड्यूटीमा तैनाथ नाबालिकलाई मृत घोषित गरिदिए।

त्यसपछि स्थिति तनाउपूर्ण भयो। खबर पाउनसाथ घटनास्थलमा भारी पुलिस बल आइपुग्यो। पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो। तर आइतवार बिहान स्थिति तनाउपूर्ण नै रह्योय अप्रिय स्थितिदेखि बच्को लागि क्षेत्रमा पुलिस बललाई तैनाथ गरिएको छ।

तृणमूलका जिल्ला अध्यक्ष कनाईलाल अग्रवालले भने, कुनै पुरानो जमीन विवादको कारणले यो अशान्ति भएको हो। खबर प्राप्त भएको छ। परिवारसित भेट गर्न गइरहेको छु। इस्लामपुरका अतिरिक्त पुलिस अधीक्षक ढेण्डुक शेर्पाले भने, खबर पाएपछि पुलिस घटनास्थलमा पुग्यो। घटनाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande