
अलिपुरद्वार, 14 दिसम्बर (हि. स.)। जलदापाड़ा राष्ट्रिय उद्यानमा अचानक व्यापक खोजी अभियान शुरू गरिएको छ। सम्पूर्ण राष्ट्रिय उद्यानलाई घेरिएको छ। डग स्क्वायडलाई पनि तैनाथ गरिएको छ। राज्य पुलिसको सशस्त्र बल अनि ऱ्यापिड रेस्पन्स टीमसित मिलेर अधिकारीहरूले खोजी अभियान संचालन गरिरहेका छन्।
आइतवार बिहान गुप्त सूत्रबाट सूचना पाएर अधिकारीहरूले जंगल अनि जंगल संलग्न क्षेत्रहरूमा खोजी अभियान शुरू गरे। मुख्य रूपमा जलदापाड़ा राष्ट्रिय उद्यानको कोदालबस्ती, चिलापाटा, नीलपाड़ा औ मदारीहाट - यी चार वटा रेञ्ज क्षेत्रहरूमा खोजी अभियान भइरहेको छ।
जानकारी अनुसार अवैध शिकारीहरूले यस क्षेत्रमा आफ्नो ठेगाना बनाएका छन्। सूत्रबाट प्राप्त जानकारी पाउनसाथ राज्य पुलिसको सशस्त्र बल अनि ऱ्यापिड रेस्पन्स टीमले अभियान शुरू गऱ्यो। डग स्क्वायडलाई पनि खटाइएको छ। आवागमन गर्ने वाहनहरूको पनि जाँच गरिंदैछ।
जलदापाड़ा राष्ट्रिय उद्यानकी डीएफओ परवीन कासोवानले भनिन्, मुख्य रूपमा चार वटा रेञ्जमा खोजी अभियान चलिरहेको छ। जंगल संलग्न क्षेत्रका मानिसहरूलाई पनि जागरूक गरिँदैछ। यदि उनीहरूलाई अवैध शिकारीको बारेमा थाहा लाग्यो भने वा संदिग्ध गतिविधि भएको देख्यो भने तुरून्त हामीलाई सूचना दिउन्।
लगभग एक सप्ताहपूर्व जलदापाड़ा राष्ट्रिय उद्यानमा तस्करी रोक्ने अनि मानव-वन्यजीव संघर्षलाई रोक्नको लागि वन विभागले ठूलो कदम उठाएको थियो। इन्टिग्रेटेड कन्ट्रोल रूम शुरू गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा