जंगपाना चियाबारीमा भागोप्रमोको सांगठनिक सभा सम्पन्न
Jungapana


खरसाङ, 14 दिसम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा आज जंगपाना चियाबारीमा सम्पन्न भएको छ। उक्त सांगठनिक सभा माथिल्लो जंगपाना चियाबारीका सभापति बिनोद गुरुङको अध्यक्षतामा सम्पन्न भयो।

सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, तीनधारे महानदी समष्टिका संयोजक राजेस थापा, भागोप्रमो महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीका सभापति एवं पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्या रञ्जना छेत्री आदि सम्बोधन गरेका थिए।

जंगपाना चियाबारीको दुईवटा शाखाहरुलाई लिएर आयोजित सांगठनिक सभामा वक्ताहरुले पार्टीको सांगठनिक गतिविधि र भावी कार्यक्रमहरुको विषयमा जानकारी गराए। वक्ताहरुले जंगपाना चियाबारी क्षेत्रमा भइरहेका विभिन्न विकास कार्यहरु विषयमा पनि चर्चा परिचर्चा गरे। जंगपाना चियाबारीमा आगामी दिनमा गरिने सार्वजनिक भवनको शिलान्यास कार्यक्रममा जीटीए प्रमुख अनित थापाको उपस्थिति रहने पनि जानकारी गराइयो।

सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीका सचिव बसन्त राई, कोषाध्यक्ष निखिल छेत्री लगायत जंगपाना चियाबारीका दुईवटा शाखाका पदाधिकारीहरु पनि उपस्थित रहेको सभापति सागर गुरुङले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande