
कोलकाता, 14 दिसम्बर (हि. स.)। युवभारती क्रीड़ांगनमा आयोजित लियोनेल मेसीको कार्यक्रममा भएको अव्यवस्था तथा तोड़फोड़को घटनालाई लिएर तृणमूल कंग्रेस नेता कुणाल घोषले कड़ा बयान दिएका छन्। उनले सोशल मीडियामा एउटा पोस्ट जारी गरी प्रश्न उठाएका छन्, स्टेडियमको मरम्मत खर्च सरकारी कोषबाट किन वहन गरिनु?
आफ्नो पोस्टमा कुणाल घोषले भने, कार्यक्रम अवधि मैदानभित्र मेसीसित तस्वीर कैद गरिरहेका थिए तथा आफ्नो निजी फोटोशूटमा व्यस्त थिए, उनीहरूको परिचय सार्वजनिक गरिनुपर्छ। उनले माग गरे, सम्पूर्ण कार्यक्रमको फुटेजको जाँच गरी यो सूची तयार गरियोस् कि ती मानिसहरू को थिए र कुन अधिकारले मैदानभित्र उपस्थित थिए। घोषले आरोप लगाए, यी मानिसहरूले गर्दा नै आम दर्शकहरूले कार्यक्रमलाई ठीकसितले देख्न सकेनन् अनि अव्यवस्था फैलियो। उनले भने, दर्शकहरूलाई वञ्चित गरियो र यसको सोझो नोक्सान जनताले उठाउनु पऱ्यो।
तृणमूलनेता घोषले यो पनि भने, स्टेडियमलाई भएको नोक्सानको पूर्ताल मुख्य आयोजक र उनीहरूसित सम्बन्धित जिम्मेवार मानिसहरूले गर्नुपर्छ, सरकारी कोषबाट होइन। उनले स्पष्ट रूपमा भने, यस मामिलामा कुनै पनि प्रभावशाली व्यक्तिलाई छुट दिनु हुँदैन।
यसको साथै उनले कार्यक्रम अवधि तोड़फोड़मा सामेल असामाजिक तत्वहरूलाई चिन्हित गरी उनीहरूबाट जरीमाना असुल गर्ने माग गरे। घोषले राज्य सरकार तथा सम्बन्धित विभागसित सम्पूर्ण मामिलाको निष्पक्ष जाँच गरी कड़ा कारबाही गर्ने आग्रह गरेका छन् ताकि भविष्य यस किसिमको घटनाको पुनरावृत्ति नहोस् र सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा