खरसाङ नगरपालिकाको वार्ड नम्बर 6 मा अमरुत 2.0 पानीको परियोजनालाई लिएर कमिटी गठन
Water project


खरसाङ, 14 दिसम्बर (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा सम्पन्न भयो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा वार्ड नम्बर 6 का सभापति कृष्ण शर्माको अध्यक्षतामा सम्पन्न सभा वार्डका मूल सचिव (टाउन कमिटी उपाध्यक्ष) सजय मुखियाले सञ्चालन गरेका थिए।

जीटीए मुख्य कार्यपाल अनित थापाको परामर्श र दिशा निर्देश अनुसार, प्रत्येक वार्डमा अमरूत 2.0 पिउने पानीको परियोजनालाई नियमबद्ध रूपमा परिचालन गर्न पानी निरीक्षण समिति गठन गर्न सभा सम्पन्न गरियो। सभामा वार्डको समाजका प्रतिनिधिगण अनि पार्टीको प्रतिनिधिहरू उपस्थित थिए।

सभालाई भागोप्रमो महकुमा नारी शक्ति सभापति साथै आगामी 2026 विधानसभा चुनाउकी खरसाङ नगरपालिका क्षेत्रको प्रभारी सबिता कार्की, टाउन कमिटी मूल सचिव बिरबल पाख्रीन र समाजका अन्य प्रतिनिधिहरूले आ-आफ्नो सुझाउ साथै वक्तव्य राखेका थिए। सभामा सर्वसम्मतिद्वारा वार्ड नम्बर 6 का सबै समाजका सदस्यहरूलाई लिएर पानी निरीक्षण समिति गठन गरिएको भागोप्रमो खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीनले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande