
हावड़ा, 14 दिसम्बर (हि. स.)। हावड़ा जिल्लाको मल्लिक फाटक क्षेत्रस्थित एक ब्लाउ दोकानमा गए शनिवार अबेर राति भयानक आगो लाग्यो जसमा दोकान पूर्ण रूपले जलेर नष्ट भएको छ। खबर पाउनसाथ घटनास्थलमा पुगेर दमकलका दुई वटा इञ्जिन आगो निभाउन जुट्यो। लगभग एक घण्टा कड़ा परिश्रम गरेर दमकल कर्मीहरूले आगोलाई नियन्त्रण गरे। दोकान मालिकले आइतवार बताए, 8-10 लाख रुपियाँको नोक्सान भएको छ। दोकानमाथि अवस्थित घरलाई भने बचाउन सकियो। मालिकको आरोप छ, यो दुर्घटना थिएन, उनको दोकानलाई सुनियोजित ढंगमा जलाइएको हो।
प्राप्त जानकारी अनुसार गए शनिवार राति हावड़ाको जीटी रोडमा मल्लिक फाटकस्थित एक ब्लाउज दोकानबाट धुँवा निक्लिरहेको देखेर स्थानीय मानिसहरूले तुरून्तै दोकानमाथि तलमा बस्ने दोकान मालिक कार्तिक कुण्डुलाई खबर दिए। उनले तल आएर हेर्दा दोकानमा आगो बलिरहेको थियो। शुरूमा उनीहरूले आगोलाई निभाउने प्रयास गरे, तर यसलाई निन्त्रण गर्ने सकेनन्। दोकान पूर्ण रूपमा जलेर खरानी भयो।
तीव्र गतिमा बलिरहेको आगोले छेवैमा रहेको एउटा पान दोका र साड़ी दोकानलाई पनि आफ्नो चपेटमा लियो। दुवै दोकानलाई पनि आंशिक नोक्सान भएको छ।
दोकान मालिक कार्तिक बाबूले आरोप लगाए, शर्ट सर्किटबाट दोकानमा आगो लागेको होइन। उनको दोकानलाई सुनियोजित ढंगमा आगो लगाइएको हो। तथापि उनले आगो कसले लगाएको हो भन्ने कुरा चाहिँ स्पष्ट पारेनन्।
स्थानीय मानिसहरूको भनाइ छ, यदि आगो अझ फैलिएको भए ठूलो दुर्घटना हुनसक्थ्यो।
दमकल विभागले आगलागीको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा