पुरूलियामा आगोले जलेर दुई बालकको मृत्यु
पुरूलियामा आगोले जलेर दुई बालकको मृत्यु


पुरुलिया, 14 दिसम्बर (हि. स.)। जिल्लाको बलरामपुर ब्लक अधिनस्थ कदमडी गाउँमा बितेको शनिवार अपरान्ह भएको आगलागीको घटनामा जलेर दुईजना नानीहरूको मृत्यु भयो। दुवै मृतक बालकहरूको उमेर लगभग साढ़े तीन वर्ष रहेको छ भने यिनीहरूको नाम सालेमान हेमब्रम र आकाश बेसरा रहेको छ।

स्थानीय सूत्र अनुसार कुनै कारणवश सुक्खा घाँसमा आगो लागेको थियो र यसै अवधि यो हृदयविदारक घटना भएको हुनसक्छ। आगो बलेको देखेर स्थानीयहरू मानिसहरू दौड़ेर आगोलाई निभाउन गए। उनीहरूले घाँसभित्र गम्भीर रूपमा जलेको अवस्थामा दुईजना नानीहरूलाई देखे। त्यसपछि हतार-हतार दुवैलाई बलरामपुर बाँसगड़ ग्रामीण अस्पतालमा लगियो जहाँ उपस्थित डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए।

ग्रामीण भरत हेमब्रमले बताए, हामीले घाँसको थुप्रोमा आगो लागेको मात्र देख्यौं। हामीले पानी हालेर आगोलाई निभाउने चेष्टा गरिरहेका थियौं, यसै अवधि हामीले एकजा बालकलाई त्यहाँ देख्यौं। हामी दौड़ेर बालक भएको ठाउँमा गयौं, तर बालकको मृत्यु भइसकेको थियो।

यसरी नै अर्का ग्रामीण माशराम मुर्मूले भने, घाँसको थुप्रोमा आगो लागेको देखेर हामी दौड़ेर गयौं। मशिनको माध्यमबाट पानी लगाउन थाल्यौं। आगो निभिसकेपछि भित्र दुई जना नानीहरूलाई देख्यौं। दुवैको मृत्यु भइसकेको थियो। त्यसपछि पुलिस आयो। तर आगो कसरी लाग्यो भन्न सकिँदैन। घटनाको खबर पाए लगत्तै पुलिस तुरन्तै घटनास्थलमा पुग्यो। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande