युवकको चक्कु प्रहार गरी हत्या, दुई नाबालिक पक्राउ
युवकको चक्कु प्रहार गरी हत्या, दुई नाबालिक पक्राउ


नयाँ दिल्ली, 14 दिसम्बर (हि.स.)। पूर्वी दिल्लीको शकरपुर क्षेत्रमा डीजेमा डान्स गर्ने क्रममा भएको विवादमा एक जना युवकको उसको घर नजिकै चक्कु रोपी हत्या गरियो। घटनालाई परिणाम दिएपछि आरोपीहरू घटनास्थलबाट भागे। खबर पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि नजिकैको अस्पतालको शवगृहमा सुरक्षित रखायो।

पुलिस अधिकारी अनुसार जाँचमा मृतकको पहिचान विशाल (19)- को रूपमा भएको छ। पुलिसले जाँचपछि घटनामा सामेल दुईजना नाबालिकलाई पक्राउ गऱ्यो। यिनीहरूबाट घटनामा प्रयोग गरिएको चक्कु पनि जफत गरिएको छ।

जाँचमा थाहा लागे अनुसार विशालको एक जना नाबालिककी बहिनीसित मित्रता थियो। यसैलाई लिएर पहिला पनि विवाद भएको थियो। नाबालिकले विशाललाई कुटेको पनि थियो जुन मामिला थानासम्म पुगेको थियो। गए शनिवार राती एक विवाह समारोहा दुवै नाबालिक र विशाल डीजेमा डान्स गरिरहेका थिए। यसै अवधि भएको विवादपछि यस्तो घटना घट्यो।

सूचना पाउनसाथ घटनास्थसमा पुगेको पुलिसले मामिला दर्ता गरी अनुसन्धान शुरू गऱ्यो। क्राइम ब्राञ्चको टीम र एफएसएलले घटनास्थलबाट प्रमाणहरू जुटाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande