
कोलकाता, 14 दिसम्बर (हि.स.)। पश्चिम बंगालको सल्ट लेक स्टेडियममा आयोजित मेसी इभेन्टलाई लिएर सृजित विवाद झन् बढ़्दै गइरहेको छ। यस मामिलामा राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले आइतवार सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरी ममता ब्यनर्जी सरकारमाथि चर्को हमला गरेका छन्। उनले यस घटनालाई अन्तर्राष्ट्रिय लज्ज-को संज्ञा दिँदै मुख्यमन्त्रीको राजीनामाको माग गरेका छन्।
शुभेन्दु अधिकारीले आफ्नो पोस्टमा लेखे, अन्तर्राष्ट्रिय लज्जा!!! सल्ट लेक स्टेडियममा ममता ब्यनर्जी प्रशासनको महाविफलताले कोलकातालाई 'वैश्विक लज्जा' बनाइदिएको छ। उनले र उनका अकुशल मन्त्रीहरूले सार्वजनिक कार्यक्रमलाई एक विशेष निजी समारोहमा परिणत गरिदिए जसमा केही चयनित मानिसहरूलाई मात्र प्रवेश प्राप्त भयो। उनले स्टारलाई घेरेर जनताको नजरबाट लुकाइदिए, तर कार्यक्रमलाई फण्डिंग गर्नको लागि मानिसहरूबाट ठूलो धनराशि असुलियो जसले अराजकतालाी जन्म दियो।
नेता प्रतिपक्षले अझ भने, यस दुर्भाग्यपूर्ण घटनाले विश्व मञ्चमा हामीलाई लाज बनाएको छ। माफी माग्नु र चतुराई पूर्वक सम्पूर्ण दोष कुनै 'बलिको बाख्रा'-माथि थोपर्नुले टीएमसी सरकारको घोर अक्षमालाई धुन सक्दैन। शुभेन्दु अधिकारीले आफ्नो पोस्टको अन्तमा लेखे, पश्चिम बंगाल श्रेष्ठताको हकदार छ। यसको साथै उनले ममता ब्यनर्जीको राजीनामाको माग समेत गरे।
उल्लेखनीय छ, सल्ट लेक स्टेडियममा आयोजित अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसीको कार्यक्रममा व्यापक भीड़ उर्लिएको थियो। कार्क्रममा प्रबन्धनमा कथित रूपमा भारी चूक भयो जसले गर्दा केही दर्शकहरूले मेसीलाई हेर्ने अवसर पाएनन्। टिकट खरिद गर्ने केही प्रशंसकहरूले सिकायत गरे, उनीहरूलाई स्टेडियममा प्रवेश गर्न दिइएन जसले गर्दा उनीहरू आफ्नो सीटमा पुग्न सकेनन्।
यस घटनापछि सोशल मीडियामा राज्य सरकारको आलोचना भइरहेको छ भने विपक्षी दलहरूले यसलाई सरकारको असफलता बताइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा