
बीरभूम, 14 दिसम्बर (हि. स.)। बीरभूम जिल्लाको कंकालीतला ग्राम पञ्चायतको धलटिकुड़ी गाउँमा पूर्व तृणमूल बूथ अध्यक्ष मदन लोहारको रहस्यमय मृत्युलाई लिएर स्थिति तनाउपूर्ण भएको छ। गए शनिवार साँझदेखि नै मदन बेपत्ता भएका थिए। आइतवार बिहान धलटिकुड़ी क्षेत्रस्थित एउटा मैदानमा उनको शव लड़िरहेको थियो। खबर पाएर पुलिस घटनास्थलमा पुग्यो। तथापि स्थानीय मानिसहरूको विरोधको कारणले आइतवार अपरान्हस्म शवलाई पुलिसले आफ्नो कब्जामा लिन सकेको थिएन।
आइतवार बिहान स्थानीय मानिसहरूले धलटिकुड़ीको एक मैदानमा मदनको शव लड़िरहेको देखे। उनको कानबाट रगत बगिरहेको थियो। तथापि स्थानीय मानिसहरूको दाबी छ, शरीरका अन्य भागहरूमा कुनै पनि चोटको निशान छैन। परिवार अनि क्षेत्रवासीको आरोप छ, मदनको योजनाबद्ध ढंगमा हत्या गरिएको हो।
खबर पाएर शान्तिनिकेतन थानाको पुलिस घटनास्थलमा पुग्यो। तर पुलिसले शवलाई उठाउन लाग्दा क्षेत्रवासी तथा मृतकको परिवारले बाधा दिए।
प्रदर्शनकारीहरूको भनाइ छ, मृत्युको सही र निष्पक्ष जाँच गर्ने आश्वासन नपाउञ्जेल शवलाई हटाउन दिइनेछैन। उनीहरूले दोषीहरूलाई शीघ्र पक्राउ गर्ने माग पनि गरे। स्थितिलाई नियन्त्रण ग र्नको लागि अतिरिक्त पुलिस बललाईतैनाथ गरिएको छ।
पुलिसले बतायो, मृत्युको वास्तविक कारण पत्तो लगाउनको लागि पोस्टमर्टम सहित सबै पक्षहरूको जाँच गरिनेछ। तथापि स्थानीय मानिसहरूको विरोधको कारणले यो समाचार लेखुञ्जेलस्म शवलाई उठाइएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा