
जलपाईगुड़ी, 14 दिसम्बर (हि. स.)। राजगञ्ज ब्लकको मांतादाड़ीमा तृणमूल कंग्रेसको नयाँ अञ्चल कमिटीको पहलमा आइतवार कार्यकर्ता अनि समर्थकहरूको एक महत्वपूर्ण बैठक आयोजना गरियो। बैठक मांतादाड़ी गेट बजार कम्युनिटी हलमा सम्पन्न भयो। बैठकमा विशेष गहन पुनरीक्षण (एसआईआर)-को मुद्दा तथा आगामी वर्ष 2026-मा हुने विधानसभा चुनाउलाई मध्यनजर गर्दै पार्टीको तयारी तथा रणनीतिहरूमाथि विस्तार पूर्वक चर्चा गरियो।
बैठकमा निर्णय लिइयो, बूथ स्तरमा संगठनलाई अझ सुदृढ़ बनाइनेछ, आम मानिसहरूसित प्रत्यक्ष सम्वाद गरिनेछ तछा राज्य सरकारको विकास योजनाहरूलाई गर-घरमा पुऱ्याइनेछ। बैठकपछि आयोजित सदस्यता ग्रहण कार्यक्रममा केही मानिसहरू भाजपालाई त्यागी तृणमूल कंग्रेसमा सामेल भए।
यस बैठकमा राजगञ्ज ब्लक तृणमूल कंग्रेसका अध्यक्ष अरिन्दम ब्यानर्जी, अञ्चल अध्यक्ष मुशर्रफ अली, क्षेत्रका चेयरम्यान रञ्जीत मण्डल, उपप्रधान रामू उराँव, रञ्जीत तामाङ, छोटन गोप सहित अन्य नेता एवं कार्यकर्ताहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा