
गुवाहाटी, 14 दिसम्बर (हि.स.)। जोराबाटको राष्ट्रिय राजमार्गमा आइतवार त्यसबेला कोकोहोलो मचियो जतिबेला एउटा गुड़िरहेको ट्रकमा अचानक आगो लाग्यो। घटनापछि केही समयसम्म यस व्यस्त मार्गमा यातायात पूर्ण रूपले प्रभावित भयो।
प्राप्त जानकारी अनुसार ट्रक गुवाहाटीदेखि जोराबाट तर्फ गइरहेको थियो। तर बीच बाटोमा पुगेपछि वाहनबाट धुँवा निक्लिएको देखेर चालकले तुरून्तै ट्रकलाई सड़क किनारमा रोक्यो जसले गर्दा ठूलो दुर्घटना हुनदेखि बच्यो।
सूचना पाएर दमकलका वाहनहरू घटनास्थलमा पुगे अनि कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। यस घटनामा कुनै प्रकारको जनहानि भएको खबर प्राप्त भएको छैन, तथापि ट्रकलाई आंशिक रूपमा क्षति पुगेको छ। आगलागीको कारण पत्तो लगाउन जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा