भिड़न्तमा अभियुक्त पक्राउ, खुट्टामा गोली लाग्यो
भिड़न्तमा अभियुक्त पक्राउ, खुट्टामा गोली लाग्यो


फिरोजाबाद, 14 दिसम्बर (हि.स.)। उत्तर प्रदेशमा फिरोजाबाद जिल्लाको थाना उत्तर पुलिस टीमको शनिवार अबेर राति अन्तर-जिल्ला चोरसित भिड़न्त भयो। पुलिसले घाइतेलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरायो।

अपर पुलिस अधीक्षक (नगर) रवि शंकर प्रशादले बताए, 2 दिसम्बरमा अज्ञात चोरहरूले उत्तर क्षेत्र क्षेत्रबाट ई-रिक्सा चोरेका थिए। पीड़ितको उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गरी चोरहरूको खोजी गरिरहेको छ। अनुसन्धानको क्रममा अभियुक्त शिव उर्फ भुरा उर्फ अजय, एटा निवासी र उसका दुई सहयोगीको नाम प्रकाशमा आयो। शनिवार राति उत्तर थाना प्रभारी अञ्जिश कुमारले पुलिस टोलीसँग गस्ती गरिरहेका थिए जब उनले वान्टेड अभियुक्त शिव उर्फ भुरा र उनका दुई सहयोगीहरूले चोरीको ई-रिक्सा बेन्डी कल्भर्ट नजिकैको जंगलमा ल्याएको र बेच्न खोजिरहेको जानकारी पाए।

जब पुलिस टीमले क्षेत्रमा घेरा हाल्यो तब वान्टेड अभियुक्तले गोली चलायो। आत्मरक्षामा पुलिस टीमले जवाबी गोलीबारी गर्दा अभियुक्तको खुट्टामा गोली लाग्यो। यसैबीच, उसका दुई साथीहरू घटनास्थलबाट भागे। अभियुक्त शिवलाई पुलिस हिरासतमा अस्पतालमा भर्ती गराइएको छ। उदेखि पेस्तोल र चोरीको ई-रिक्सा जफत गरिएको छ।

एएसपीले भने, पुलिस टीमले फरार अभियुक्तको खोजी गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande