
आसनसोल, 14 दिसम्बर (हि. स.)। काकंसा थाना अन्तर्गत बाबूनाडा गाउँ नजिकै अवस्थित एउटा तलाउमा पूर्ण रूपले जलेको जीप भेटिएको छ। आइतवार बिहान स्थानीय मानिसहरूको नजर उक्त जलेको जीपमा परेपछि उनीहरूलाई पुलिसलाई सूचित गरे। सूचना पाएर मलानदीधि थानाबाट पुलिसको टीम घटनास्थला पुग्यो।
स्थानीय मानिसहरूको भनाइ छ, राति अँध्यारोमा कसले आएर तलाउमा जीप जलाएर गयो थाहा छैन। गाउँका मानिसहरूले माग गरेका थन्, पुलिसले क्षेत्रमा गस्ती बढ़ाओस् अनि यस मामिलाको गम्भर रूपमा जाँच गरियोस्।
पुलिस सूत्र अनुसार घटनासित सम्बन्धित हरेक पाटो र पक्षको गहन जाँच गरिँदैछ। जाँचको सिलसिलामा वरपरका सीसीटीभी फुटेजलाई संग्रह गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा