राज्यपालले रणभूमि भारत दर्शन अन्तर्गत चो ला प्रेरणा स्थलको उद्घाटन गरे
Car rally


'सिक्किम – द सिल्क रूट ड्राइभ' सुपर कार ऱ्यालीलाई पनि गरे फ्ल्याग इन्

गान्तोक, 14 दिसम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर आज भारत-चीन सीमास्थित ऐतिहासिक चो ला पासमा आयोजित एक भव्य समारोहमा सम्मलित भए। यस अवसरमा राज्यपालले चो ला प्रेरणा स्थलको उद्घाटन गरे, जहॉं अडियो-भिजुअल कक्ष, प्रार्थना ध्वजको स्थापना गरिएको छ। यो स्थल केन्द्र सरकारको रणभूमि भारत दर्शन पहल अन्तर्गत विकसित गरिएको हो।

यसैगरी, राज्यपालले चमन टप हेलिप्याडबाट 'सिक्किम – द सिल्क रूट ड्राइभ' सुपर कार ऱ्यालीलाई हरियो झण्डा देखाएर प्रस्थान गराए। यस ऱ्यालीमा लेम्बर्गिनी, पोर्शे र बीएमडब्ल्यु जस्ता उच्च प्रदर्शन क्षमता भएका 17 वटा सुपर कारहरू सामेल छन्। यो आयोजन मुम्बईस्थित सुपर कार रूट ग्रुपले सञ्चालन गरेको हो भने सिक्किम सरकार र भारतीय सेनाको त्रिशक्ति कोर अन्तर्गत ब्ल्याक क्याट डिभिजनको सहयोगमा आयोजन गरिएको हो।

राजभवन अनुसार, यो ऱ्याली सिल्क रूटको ऐतिहासिक व्यापार मार्गलाई पुनर्जीवित गर्ने थीममा आधारित छ। यो आयोजन बर्डर र ब्याटलफील्ड टूरिज्मलाई बढावा केन्द्रित छ, जसले सिक्किमको अर्थव्यवस्था र स्थानीय पर्यटनलाई नयॉं दिशा प्राप्त हुनेछ।

राज्यपालले माथुरले आफ्नो सम्बोधनमा चो ला प्रेरणा स्थलमाथि प्रकाश पार्दै मेजर जनरल सगत सिंहको वीरताको स्मरण गरे। उनले यो स्थलले भावी पीढीहरूलाई प्रेरणा दिइरहने छ भन्दै शहीद सैनिकहरूप्रति श्रद्धाञ्जलि अर्पित गरे।

सुपर कार ऱ्यालीका प्रतिभागीहरूको उत्साहवर्धन गर्दै राज्यपालले भने, तपाईहरू यहॉंबाट फर्किएर जॉंदा केवल रोमाञ्च र साहसको अनुभूमि मात्र लिएर नजानुहोस्, हाम्रो गौरवशाली अतीतको बारेमा पनि जान्नुहोस् र त्यसलाई आफ्नो ह्रदयमा सम्हालेर लिएर जानुहोस्।

राज्यपालले सुपर कार ऱ्यालीका प्रतिभागीहरूलाई स्मृति चिह्न प्रदान गरेर उनीहरूको उत्साहवर्धन गरे। उनले यो आयोजन केवल रोमाञ्च र साहसको प्रतीक होइन, तर नागरिक र सैनिकहरूबीच साझेदारी र समन्वयको पनि परिचायक रहेको बताए। उनले भारतीय सेनाको ब्ल्याक क्याट डिभिजनप्रति विशेष आभार व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande