
मुम्बई, 14 दिसम्बर (हि.स.)। महाराष्ट्र सरकारले वडाला क्षेत्रमा अतिक्रमण, त्यसको पछाडिको चेन अनि बंगलादेशी अनुप्रवेशकारीहरू बस्ने स्थानलाई रोक्नको लागि ठोस कदम उठाउने फसेला लिएको छ। गूगल म्यापिंग र होम डिपार्टमेन्टको जोइन्ट कारबाहीबाट अतिक्रमणलाई रोकिनेछ। यस आशयको घोषणा आइतवार नागपुर विधान परिषदमा गृह राज्यमन्त्री योगेश कदमले गरेका हुन्।
भाजपा सदस्य प्रसाद लाडले यस सम्बन्धमा प्रश्न उठाएका थिए। यसको जवाफमा गृह राज्यमन्त्री कदमले भने, वर्ष 2012-मा स्थापित मौंग्रोव विभागमा मुम्बई, ठाणे र पालघर जिल्ला अन्तर्गत पर्दछ। यस विभागमा 184 जवानहरूले काम गरिरहेका छन्। तथापि अहिलेसम्म अतिक्रमणको मुद्दामा गृह विभाग अनि सम्बन्धित विभागहरूले कुनै संयुक्त कारबाही गरेको छैन।
उनले भने, अतिक्रमण गरी बनाइएको बस्तीहरूलाई गैर-कानूनी रूपमा भारत आएका मानिसहरूलाई बेचेको गम्भीर मामिला सामु आएको छ। यसको लागि सम्पूर्ण मैग्रोव क्षेत्रको गूगल म्यापिंग गर्ने फसेला गरिएको छ। आगामी 6-8 महिनामा वर्ष 2012 अगाड़िदेखि भइरहेको अतिक्रमणको सही जानकारी एकत्र गरिनेछ।
15 र 16 दिसम्बरमा मैंग्रोव वडाला क्षेत्रमा गृह विभागको एक जोइन्ट अपरेशन प्लान गरिएको छ। संदिग्ध बस्तीहरूमा कम्बिंग अपरेशन संचालन गरिनेछ। यदि बंगलादेशी नागरिकहरू अवैध रूपमा बसेको पाइयो भने उनीहरूविरूद्ध कानून अन्तर्गत कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा