
दार्जिलिङ, 14 दिसम्बर (हि. स.)। पहाड़मा फेरि एकपटक वाहनहरूमा तोड़फोड़ गरिएको घटना प्रकाशमा आएको छ। गए शनिवार अबेर राति लेबोङ क्षेत्रमा पर्यटकहरूलाई लिएर गएका समतलका चार वटा वाहनहरूमा अज्ञात मानिसहरूले तोड़फोड़ गरे। यस घटनाको सिलसिलामा वाहन चालकहरूले दार्जिलिङ सदर थानामा लिखित सिकायत दर्ता गराएका छन्। घटनापछि समतल क्षेत्रका परिवहन तथा पर्यटन व्यवसायीहरूमा व्यापक आक्रोश फैलिएको छ।
भनिन्छ, समतल क्षेत्रका वाहनहरूलाई पहाड़का पर्यटन स्थलहरूमा चल्नदेखि रोक्ने मागमा स्थानीय वाहन चालकहरूले पछिल्लो केही दिनदेखिको विरोध गरिरहेका छन्। टाइगर हिल, सिटोङ, रक गार्डन र लामा हटा जस्ता प्रमुख पर्यटन स्थलहरूबाट मैदानी क्षेत्रका वाहनहरूलाई फर्काइरहेको थियो।
यस मुद्दामा दार्जिलिङ जिल्ला प्रशासनले हालैमा बैठक पनि गरेको थियो जसमा स्पष्ट रूपमा भनिएको थियो, पहाड़ अनि समतल क्षेत्रका सबै वाहनहरू सबै स्थानहरूमा चल्न सक्छन्। तथापि वाहनहरूमा तोड़फोड़ गरिएको घटना सामु आएपछि असन्तुष्टि अझ बढ़ेको छ। पुलिसले चाँड़ै कारबाही गर्ने आश्वासन दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा