
गान्तोक, 14 दिसम्बर (हि.स.)। विद्या भारती सिक्किम प्रान्तद्वारा आयोजित सात दिवसीय आचार्य प्रशिक्षण शिविर दक्षिण सिक्किमको मलबासेस्थित सरकारी विद्या निकेतनमा शुरू भएको छ। गत शुक्रवारदेखि शुरू भएको आचार्य प्रशिक्षण शिविरको उद्घाटन सत्रको अध्यक्षता विद्या भारती सिक्किमका महासचिव विजय कुमार शर्माले गरेका थिए।
उद्घाटन सत्रमा विद्या भारती सिक्किमका संयोजक मोहन शर्मा, प्रशिक्षण प्रमुख सूर्य धिताल, बौद्धिक प्रमुख सुखदेव भण्डारी, प्रशिक्षण सह प्रमुख दीपेश भट्टराई र शारीरिक प्रमुख रजित प्रधान उपस्थित थिए।
प्रशिक्षण प्रमुख धिताल अनुसार, विद्या भारती सिक्किम प्रान्त अन्तर्गत सञ्चालित सबै विद्यालयहरूमा आचार्य-आचार्याहरूले यस प्रशिक्षण शिविरमा भाग लिइरहेका छन्। शिविरमा शिक्षण कौशल, राष्ट्रिय शिक्षा नीति 2020, पञ्चपदी शिक्षण अधिगम, मूल्य आधारित शिक्षा, राष्ट्रिय भावना, योग तथा शारीरिक प्रशिक्षण जस्ता विविध विषयहरूमा गहन प्रशिक्षण प्रदान गरिने छ।
उनले भने, 'यस्ता प्रशिक्षण शिविरहरूले आचार्यहरूमा नवीन उर्जाको सञ्चार हुन्छ र विद्यार्थीहरूलाई संस्कारयुक्त शिक्षा प्रदान गर्ने दिशामा सशक्त पाइला चाल्ने सकिने छ।' उनले शिविरको समापन आगामी 19 दिसम्बर, 2025 मा हुने जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / बिशाल