
गुवाहाटी, 15 दिसम्बर (हि.स.)। असम विधानसभामा नेता प्रतिपक्ष एवं कंग्रेस विधायक देवव्रत सैकियाले सोमवार अजमल परफ्यूम्सका उपलब्धिहरूमाथि गर्व व्यक्त गरेका छन्।
सैकियाले भने, यो ब्राण्ड आज विश्वविख्यात बनिसकेको छ र असमको सुनामलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाइरहेको छ। उनले भने, अजमल परफ्यूम्सले वैश्विक बजारमा आफ्नो मजबुत पहिचान स्थापित गरेको छ। उनले यसलाई असमबाट निक्लिएको उद्यमशीलताको एक उल्लेखनीय सफलता बताए जसलाई अन्तर्राष्ट्रि स्तरमा व्यापक स्वीकार्यता प्राप्त भएको छ।
कंग्रेस विधायकले यो पनि भने, अजमल परफ्यूम्सले साँची (अगर)-को काठको महत्व र प्रतिष्ठा बढ़ाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ जुन असमको एक महत्वपूर्ण सम्पदा हो। सौकिया अनुसार अजमलका प्रयासहरूबाट राज्यको पारम्परिक धरोहर अनि प्राकृतिक संसाधनहरूलाई विश्व मञ्चमा नयाँ पहिचान प्राप्त भएकोछ।
नेता प्रतिपक्षले भने, यस किसिमको उपलब्धि राज्यका युवा अनि उद्यमिहरूको लागि प्रेरणाश्रोत हो तथा असमको सकारात्मक छविलाई अन्तर्राष्ट्रिय स्तरमा अझ बलियो बनाउनेछ।
-
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा