बटद्रवा थान सांस्कृतिक परियोजनाको उद्घाटन गृहमन्त्री अमित शाहले गर्नेछन्ः मुख्यमन्त्री सरमा
बटद्रवा थान सांस्कृतिक परियोजनाको उद्घाटन गृहमन्त्री अमित शाहले गर्नेछन्ः मुख्यमन्त्री सरमा


गुवाहाटी, 15 दिसम्बर (हि.स.)। महापुरुष श्रीमन्त शंकरदेव गुरुजनको पुण्यस्मृतिसित सम्बन्धित श्रीश्री बटद्रवा थान सांस्कृतिक परियोजनाको विधिवत उद्घाटन केन्द्रिय गृहमन्त्री अमित शाहद्वारा गरिनेछ। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले यस आशयको जानकारी गराए।

उद्घाटनपूर्व सोमवार मुख्यमन्त्रीले परियोजनाका झलकहरू सोशल मीडियामा साझा गर्दै भने, यो परिवर्तन असमको सांस्कृतिक चेतना तथा आध्यात्मिक धरोहरको संरक्षणको दिशामा एक महत्वपूर्ण उपलब्धि हो। उनले भने, राज्य सरकारले बटद्रवा थानाको पवित्र भूमिलाई अतिक्रमण मुक्त गराएर यसलाई संरक्षण गर्ने दिशामा ऐतिहासिक कदम उठाएको छ।

मुख्यमन्त्री अनुसार यसै क्रममा यस अत्यन्त पावन स्थलको सुरक्षा, संरक्षण तथा विकासको उद्देश्यले बटद्रवा थान सांस्कृतिक परियोजनाको शुरूआत गरियो। उनले भने, बटद्रवा थान असमको जातीय जीवनको अभिन्न अंग मात्र नभएर यो भारतको समृद्ध आध्यात्मिक परम्पराको पनि महत्वपूर्ण प्रतीक हो।

डा. सरमाले बताए, यस स्थललाई विश्वस्तरीय आध्यात्मिक तथा पर्यटन केन्द्रको रूपमा विकसित गरिएको छ ताकि महापुरूष श्रीमन्त शंकरदेवको शाश्वत विरासत भावी पिँढ़ीको लागि सुरक्षित रहनसकोस्। उनले भने, अतिक्रमणबाट मुक्त गराएर पुनर्जीवित गरियो, यो आध्यात्मिक केन्द्र अब नयाँ स्वरूपमा श्रद्धालु अनि पर्यटकहरूको लागि पूर्ण रूपले तयार भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande