भाजपा नेता कबिन्द्र पुरकायस्थलाई मुख्यमन्त्री सरमाले दिए जन्मदिनको शुभकामना
भाजपा नेता कबिन्द्र पुरकायस्थलाई मुख्यमन्त्री सरमाले दिए जन्मदिनको शुभकामना


गुवाहाटी, 15 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता एवं भाजपा असम प्रदेशका संस्थापक सदस्यहरूमध्ये एक कबिन्द्र पुरकायस्थलाई उनको 94औं जन्मदिनको अवसरमा हार्दिक शुभकामना दिए।

मुख्यमन्त्रीले सोशल मीडियामा जारी आफ्नो सन्देशमा भने, कबिन्द्र पुरकायस्थ पार्टीक लागि पितृतुल्य मार्गदर्शक हुन् जसको अमूल्य मार्गदर्शन र वर्षौंदेखि जनसेवाको मिशनलाई प्रेरित गर्दै आइरहेको छ। उनले भाजपा असमको गठन तथा संगठनलाई सुदृढ़ बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

डा. सरमाले माँ कामाख्या र महापुरुष श्रीमन्त शंकरदेवसित प्रार्थना गर्दै भने, उनीहरूले कबिन्द्र पुरकास्थलाई उत्तम स्वास्थ्य साथै दीर्घायु प्रदान गरुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande