मुख्यमन्त्री रेखा गुप्ताले प्रदूषणको समाधानलाई बताइन् सरकारको साझा संकल्प
मुख्यमन्त्री रेखा गुप्ताले प्रदूषणको समाधानलाई बताइन् सरकारको साझा संकल्प


नयाँ दिल्ली, 15 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सोमवार राजधानीमा बढ़्दो प्रदूषणमाथि आफ्नो सरकारको रणनीतिलाई स्पष्ट पार्दै भनिन्, उनको सरकार जमीनमा बसेर दिल्लीभित्रै समाधान खोज्दै प्रदूषणको चुनौतीलाई सामना गरिरहेको छ। उनले बताइन्, प्रदूषणविरूद्ध लड़ाईँ सरकारको मात्र होइन, नागरिकहरूको पनि साझा जिम्मेवारी हो।

मुख्यमन्त्रीले भनिन्, सरकारले अल्पकालिक तथा दीर्घकालिक दुवै प्रकारका उपायहरूमाथि समान रूपमा काम गरिरहेको छ ताकि प्रदूषमको समस्याको स्थायी समाधान होस्। उनले पछिल्लो केही महिनामा उठाइएका कदमहरूको उल्लेख गर्दै बताइन्, बुनियादी ढाँचाको उन्नयनदेखि लिएर स्वच्छ ऊर्जासम्मको पहुँचलाई सुनिश्चित गर्नेमाथि लगातार काम गरिरहेको छ।

रेखा गुप्ताले स्पष्ट पारिन्, प्रदूषणविरूद्ध कुनै पनि मोर्चालाई बेवास्ता गर्न सकिँदैन र सबै सम्बन्धित विभागहरूलाई समन्वयित रूपमा काम गर्ने निर्देश दिइएको छ। उनले भनिन्, मेरो दिल्ली, मेरो जिम्मेवारी नारा मात्र होइन जबकि यो कार्य गर्ने तथा त्यसलाई पूरा गर्ने हाम्रो दैनिक प्रतिबद्धता हो।

मुख्यमन्त्रीले नागरिकहरूसित पनि अपील गरिन्, उनीहरूले सरकारका प्रयासहरूमा सक्रिय सहभागिता देखाउन् ताकि राजधानीलाई स्वच्छ र स्वस्थ्य बनाउन सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande