
गुवाहाटी, 15 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार नयाँ दिल्लीस्थित संसद भवनमा केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणसित भेट गरे। यस भेटमा दुवै नेताहरूबीच असमको विकास अनि राज्यका मानिसहरूको कल्याणसित सम्बन्धित केही महत्वपूर्ण विषयहरूमाथि चर्चा भयो।
मुख्यमन्त्रीले सोशल मीडिया एक्समा जानकारी साझा गर्दै बताए, बैठकमा उनले असममा भइरहेका विकास योजनाहरू अनि भविष्यका प्राथमिकताहरू बारे केन्द्रिय वित्त मन्त्रीलाई अवगत गराए। साथै राज्यको विकास यात्रालाई थप गति दिनेसित सम्बन्धित विभिन्न मुद्दाहरूमाथि विचार-विमर्श गरियो।
मुख्यमन्त्री डा. सरमाले असमको निरन्तर विकासमा केन्द्र सरकारको सहयोगको लागि केन्द्रिय वित्त मन्त्रीप्रति आभार व्यक्त गरे। उनले भने, उनको दिगो समर्थनबाट राज्यको विकास अनि जनहितकारी कार्यहरू मजबुत हुनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा