
गुवाहाटी, 15 दिसम्बर (हि.स.)। असम प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले नेता प्रतिपक्ष देवब्रत सैकियाको बयानमा कड़ा प्रतिक्रिया व्यक्त गर्दै भने, कंग्रेसको यो पुरानो आदत बनिसकेको छ कि हाऱ्यो भने उसले ईभीएम र भोट चोरीको आरोप लगाउन थाल् जबकि जित्यो भने त्यै व्यवस्था उसलाई पूर्ण रूपले सही लाग्छ।
दिलीप सैकियाले भने, कंग्रेसले हरेक चुनावी हारपछि जनादेशलाई स्वीकार गर्नको सट्टा बहाना खोज्न थाल्छ। कंग्रेसले हाऱ्यो भने भन्छ, भोट चोरी भयो अनि ईभीएममा गड़बड़ी छ, तर जित्यो भने न त उसलाई ईभीएमसित सिकायत हुन्छ न त लोकतान्त्रिक प्रक्रियामाथि कुनै प्रश्न।
भाजपा प्रदेश अध्यक्षले भने, कंग्रेस अब न त जनतामाझ विश्वास गर्ने योग्यको रह्यो न त उसलाई लोकतान्त्रिक संस्थाहरूमाथि नै विश्वास रहेको छ कंग्रेस आज ईभीएममा मात्र नभएर जनताको हृदयमा पनि छैन। आत्ममन्थन गर्नको सट्टा निराधार आरोप लगाएर मानिसहरूलाई भ्रमित पारिरहेको छ।
उल्लेखनीय छ, देवब्रत सैकियाले बिहार र हरियाणाका चुनाउहरूमा कंग्रेसको हारको कारण कथित भोट चोरी तथा ईभीएममा विसंगतिहरू रहेको बताएको थियो जसमाथि भाजपा प्रदेश अध्यक्षले यो प्रतिक्रिया व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा