
नयाँ दिल्ली, 15 दिसम्बर (हि.स.)। नयाँ दिल्लीस्थित यशोभूमिमा भू-स्थानिक पारिस्थितिकी तन्त्रलाई सशक्त बनाउनको लागि आगामी 17 दिसम्बरको दिन राष्ट्रिय कार्यशाला आयोजना गरिनेछ। कार्यशालाको उद्धघाटन केन्द्रिय विज्ञान एवं प्रौद्योगिकी राज्य मन्त्री (स्वतन्त्र प्रभार) तथा मुख्य अतिथि डा. जितेन्द्र सिंहले गर्नेछन्।
यो आयोजन विज्ञान एवं प्रौद्योगिकी विभाग अन्तर्गत भारतीय सर्वेक्षण एजेन्सीले गर्नेछ जसको विषय भू-स्थानिक मिशन: विकसित भारतको एक प्रवर्तक हो। कार्यशालाको उद्देश्य भारतको भू-स्थानिक मिशनलाई गति दिनु र विभिन्न क्षेत्रहरूका नीति निर्माता, प्रौद्योगिकीविद, उद्योग जगतका नेता औ सम्बन्धित क्षेत्रका विशेषज्ञहरूले भारतको भू-स्थानिक भविष्यलाई आकार दिने नवाचारहरूमाथि विचार-विमर्श गर्नेछन्।
कार्यशालामा केही सत्रहरू आयोजना गरिनेछ। यसमा हितधारकहरूलाई उदियमान अवसरहरूमाथि विचार गर्ने, भूू-स्थानिक प्रथाहरूलाई वैश्विक मानकहरू अनुरूप बनाउने तथा विभिन्न क्षेत्रहरूमा भविष्यको लागि तयार प्रौद्योगिकीलाई अप्नाउनमा तीव्रता दिनको लागि सहयोग मिल्नेछ। यो काकर्यक्रम विकसित भारत-2047 को राष्ट्रिय परिकल्पनालाई अगाड़ि बढ़ाउने दिशामा एक महत्वपूर्ण कदम हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा