फुटबलर मेसीको कार्यक्रममा भएको बबाल मामिलामा थप दुईजना पक्राउ
फुटबलर मेसीको कार्यक्रममा भएको बबाल मामिलामा थप दुईजना पक्राउ


कोलकाता, 15 दिसम्बर (हि.स.)। सल्टलेकस्थित युवाभारती क्रीड़ांगनमा अन्तर्राष्ट्रिय फुटबल स्टार लियोनेल मेसीको कार्यक्रम अवधि भएको व्यापक अव्यवस्थाको मामिलामा पुलिसले शतद्रु दत्तपछि थप दुईजना मानिसहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा शुभ्रप्रितम दे र सौरभ बोस सामेल छन्। दुवैलाई सोमवार अदालतमा पेश गरियो।

पुलिस सूत्र अनुसार युवाभारतीमा भएको तोड़फोड़ तथा बबाललाई लिएर विधाननगर पुलिसले 6 जना मानिसहरूलाई नोटिस पठाएको छ। घटनामा को-को सामेल थिए, पत्तो लगाउनको लागि पुलिसले लगातार सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। शुरूआती जाँचमा नोटिस जारी गरिएका मानिसहरूको कुनै न कुनै रूपमा मेसीको कार्यक्रमसित सम्बन्ध थियो।

उल्लेखनीय छ, कोलकाता समेत देशका अलग-अलग भागहरूमा मेसीको दौड़ाहका मुख्य आयोजक शतद्रु दत्त थिए। गत शनिवार उनलाई कोलकाता एयरपोर्टबाटै पक्राउ गरिएको थियो। हाल उनी पुलिस हिरासतमा छन्। आइवार शतद्रुलाई विधाननगर महकुमा अदालतमा पेश गर्दा पुलिसले तर्क राख्यो, युवभारतमा भएको अव्यवस्थाको पछाड़ि शतद्रु बाहेक अन्य मानिसहरू पनि सामेल छन्। उनीहरूसम्म पुग्न तथा सम्पूर्ण नेटवर्कको पत्तो लगाउनको लागि शतद्रुसित जाँचबुझ गर्न आवश्यक छ। त्यसपछि अदालतले उनलाई 14 दिनको पुलिस हिरासतमा पठाइदियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande