
नयाँ दिल्ली, 15 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले द असम ट्रिब्यून ग्रुपका सम्पादक एवं प्रबन्ध निदेशक पीजी बरूआको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।
सोशल मीडिया मंच एक्समा एक पोस्टमा प्रधानमन्त्रीले भनेका छन्, पीजी बरूआको निधनले उनलाई अत्यन्तै दुःख लागेको छ। बरूआलाई मीडिया जगतमा उनको उल्लेखनीय योगदानको निम्ति सदैव याद गरिनेछ।
प्रधानमन्त्रीले भने, बरूआ असमको विकासलाई अगाड़ी बढ़ाउन र राज्यको समृद्ध संस्कृतिलाई देश-विश्वसम्म पुऱ्याउनप्रति पनि समर्पित थिए।
मोदीले दिवंगत पत्रकारका परिजनहरू र प्रशंसकहरूप्रति समवेदना व्यक्त गर्दै भने, मेरो समवेदना उनको परिवार र प्रशंसकहरूको साथ छ।
हिन्दुस्थान समाचार / भवानी थामी