मोदी-शाहले सरदार पटेलको पुण्यतिथिमा दिए श्रद्धाञ्जलि
मोदी-शाहले सरदार पटेलको पुण्यतिथिमा दिए श्रद्धाञ्जलि


नयाँ दिल्ली, 15 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री अमित शाहले सोमवार भारतका लौहपुरुष सरदार वल्लभभाई पटेललाई उनको 75औं पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गरे। दुवै नेताहरूले राष्ट्र निर्माणमा सरदार पटेलको अतुलनीय योगदानलाई सम्झे।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै भनेका छन्, भारतका लौहपुरुष सरदार वल्लभभाई पटेललाई उनको पुण्यतिथिमा सादर श्रद्धाञ्जलि। उनले देशलाई एकताबद्ध गर्न आफ्नो जीवन समर्पित गरे। अखण्ड र सशक्त भारतवर्षको निर्माणमा उनको योगदान यस्तो छ कि कृतज्ञ राष्ट्रले कहिल्यै बिर्सन सक्दैन।

केन्द्रिय गृहमन्त्री अमित शाहले एक्समा पोस्ट गरेको आफ्नो सन्देशमा सरदार पटेललाई राष्ट्रिय एकताको प्रतीक र बलियो भारतको शिल्पकार बताए। उनले भने, सरदार साहिबले सबै प्रतिकूल परिस्थितिहरूको बाबजुद पनि टुक्रिएको स्वतन्त्र भारतलाई एकीकृत गरी यसलाई बलियो राष्ट्रको आकार दिए। देशको पहिलो गृहमन्त्रीको रूपमा उनले भारत माताको सुरक्षा, आन्तरिक स्थिरता र शान्ति सुनिश्चित गर्नुलाई आफ्नो जीवनको लक्ष्य बनाए।

अमित शाहले भने, सहकारी आन्दोलनलाई पुनर्जीवित गरेर महिला र किसानहरूलाई सशक्त बनाएर आत्मनिर्भर भारतको जग बसाल्ने सरदार वल्लभभाई पटेलले देशवासीहरूलाई राष्ट्र प्रथमको बाटोमा ध्रुव तारा जस्तै मार्गदर्शन गरिरहनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande