
नयाँ दिल्ली, 15 दिसम्बर (हि.स.)। रामलीला मैदानमा कांग्रेसको र्यालीमा उठेका नाराबाजीका कारण सोमबार संसदको दुवै सदनमा ठूलो हंगामा भयो। हंगामाका कारण दुवै सदनको बैठक दिउँसो १२ बजीसम्मका लागि स्थगित गर्नुपर्यो। राज्यसभामा केन्द्रिय मन्त्री जेपी नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको अपमान गरेको मुद्दा उठाए। नड्डाले सोनिया गान्धीसँग माफी माग्न पनि माग गरे।
सदनका नेता जेपी नड्डाले हिजो कांग्रेसको र्यालीमा मोदी, तिम्रो चिहान खनिनेछ, आज होइन भने भोलि जस्ता नारा लगाइएको बताए। उनले यसले कांग्रेसको सोच र मानवताको स्तरलाई घटाएको बताए। उनले प्रधानमन्त्री विरुद्ध यस्तो अभिव्यक्ति दिनु र उनको मृत्युको माग गर्नु अत्यन्तै निन्दनीय बताए। उनले भने, कांग्रेस र सोनिया गान्धीले राष्ट्रसँग माफी माग्नुपर्छ। कांग्रेसले देशको राजनीतिको स्तरलाई निकै तल झारेको छ।
विपक्षी सदस्यहरूले विरोध गरे र एक सदस्यले संसदमा केही नभएको भन्दै कराए। यसैबीच, केन्द्रिय मन्त्री किरेन रिजिजुले भने, हिजोको र्यालीमा सम्पूर्ण पार्टी नेतृत्व उपस्थित थियो। र्यालीमा प्रधानमन्त्री मोदीको चिहान खन्ने जस्ता नाराहरू लगाइयो। यो भन्दा लज्जास्पद र दुर्भाग्यपूर्ण घटना देशको लागि अरू हुन सक्दैन। रिजिजुले माफी माग्नु पर्ने माग गरेपछि सदनमा उपस्थित अन्य सांसद र मन्त्रीहरूले पनि समर्थनमा आवाज उठाए।
यस क्रममा अर्जुन राम मेघवाल, खेलकुद मन्त्री मनसुख मण्डावीय र अन्य धेरै भाजपा सांसदहरूले सर्वसम्मतिले कांग्रेस पार्टीबाट माफीको माग गरे।
हिन्दुस्थान समाचार / भवानी थामी