
पश्चिम मेदिनीपुर, 15 दिसम्बर (हि. स.)। जिल्लाको शालबनी ब्लक अन्तर्गत काशीजोड़ा ग्राम पञ्चायतको अजनाशुली गाउँमा मुसालाई समात्नको लागि माटो खन्दा कारतूस भेटिएको घटनाले सोमवार व्यापक खैलाबैला मचियो।
सोमवार बिहान खेतको माटो खन्दा कारतूस भेटियो। यो कहाँबाट आयो, कति दिनदेखिको जमीनमुनि थियो, कसैले बुझ्न सकिरहेका छैनन्। स्थानीय सूत्रानुसार पूर्व माकपा नेता सुकदेव माहतोको जमीनमै यो कारतूस भेटिएको हो। सूचना पाएर शालबानी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि कारतूसहरूलाई आफ्नो कब्जामा लियो।
उल्लेखनीय छ, शालबनी विगत लामो समयदेखिकै माओवादीहरूको गढ़ रहिआएको छ। एक समयमा यसै शालबानीबाट फर्केर आउँदा पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टचार्यको लावा-लस्कर सामु नै ल्याण्डमाइन विस्फोट भएको थियो।
तथापि माकपा नेतृत्वद्वारा यस मामिलामा तृणमूलमाथि औंली उठाइएको छ। माकपा जिल्ला सचिव विजय पालले भने, किशनजीसित कसकोसम्झौता भएको थियो, यो कुरा सारा देशलाई थाहा छ। तृणमूलनै माओवादीहरूको पछाड़ि थियो। त्यसैले स घटनाको जिम्मेवारी पनि उसैले लिनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा