
नयाँ दिल्ली, 15 दिसम्बर (हि.स.)। भारतीय स्क्वास टोलीले चेन्नईमा आयोजित एसडीएटी स्क्वास विश्वकपमा जित हासिल गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा देशवासीहरूलाई बधाई दिएका छन्। आइतबार खेलिएको फाइनल खेलमा भारतले हङकङलाई ३-० ले पराजित गर्दै पहिलो पटक यो प्रतिष्ठित उपाधि जितेको छ। यो जितसँगै भारतीय टोली पहिलो पटक स्क्वास विश्वकपको च्याम्पियन बनेको छ।
भारतीय टोलीलाई बधाई दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, पहिलो पटक विश्वकप जितेकोमा भारतीय स्क्वास टोलीलाई हार्दिक बधाई। जोशना चिनप्पा, अभय सिंह, वेलावन सेन्थिल कुमार र अनाहत सिंहले असाधारण समर्पण र दृढ संकल्प प्रदर्शन गरेका छन्। उनीहरूको यस सफलताले सम्पूर्ण राष्ट्रलाई गौरवान्वित तुल्याएको छ।'
केन्द्रिय गृहमन्त्री अमित शाहले भने, 'पहिलो पटक स्क्वास विश्वकप जितेर टोली भारतले देशको लागि गौरवशाली इतिहास रचेको छ। सबैभन्दा कठिन प्रतिद्वन्द्वीहरूलाई हराउँदा देखाइएको अदम्य खेल भावना र सीपले आगामी प्रतिभाहरूका लागि प्रेरणाको काम गर्नेछ।'
हिन्दुस्थान समाचार / भवानी थामी