इच्छा शक्ति र मनोबलले शारीरिक अक्षमतालाई पन्छाएर युवाहरुका लागि उदाहरण बन्दै जोना शेर्पा
जोना शेर्पा


खरसाङ, 15 दिसम्बर (हि.स.)। इच्छा शक्ति र मनोबल ठूलो भएमा शारीरिक अक्षमताले पनि छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गर्दै केही गर्छु भन्ने युवाहरुका लागि प्रेरणा स्रोत बनेका छन् तीनधारेको कोल्टे गोलाई निवासी जोना शेर्पा। पिता फुर्बा शेर्पा र माता अनु शेर्पाको सुपुत्र जोना शेर्पा आफु शारीरिक रुपमा कमजोर रहे तापनि इच्छा शक्ति र ठूलो मनोबल र तीनधारेका समाजसेवी सतीस राईको सहयोगमा उनको नयाँ दोकान उद्घाटन गरिएको छ।

गाउँमा‌ नानीहरु र जनसाधारणको सुविधाका लागि भनेर जोना शेर्पाको स्टेशनरी, प्रिन्टर र जेरक्स दोकानको आज उद्घाटन गरिएको छ। उनको उक्त दोकानको उद्घाटन केरिङ ह्याण्ड एनजीओका संस्थापक शिशिर बान्तावा राई, समाजसेवी सतीस राई र जोना शेर्पाले रिबन काटेर गरेका छन्।

केही समय अघि जोना शेर्पाले केही गर्छु भनेर समाजसेवी सतीस राईलाई सहयोग मागेका थिए भने राईले पनि जोना शेर्पालाई सहयोग गर्न सबैमा अपील गरेका थिए। यसपछि, जोना शेर्पाले सबैबाट सहयोग पाएपछि उनको दोकान आज उद्घाटन गरिएको छ।‌ यस अवसरमा जोना शेर्पालाई विभिन्न तहबाट सहयोग गर्नेहरुलाई सम्मान पनि जनाइयो।

यस क्रममा केरिङ ह्याण्ड एनजीओका संस्थापक शिशिर बान्तावा राई, पत्रकार हनोक थापालाई खदार्पणसहित सम्मान पत्रद्वारा सम्मान जनाइयो। त्यसरी नै बिक्की पाख्रीन, इजाक सार्कीलाई पनि सम्मान जनाइएको छ। यसावधि चुनभट्टी निवासी रबीन तामाङले‌ जोना शेर्पालाई केही आर्थिक सहयोग पनि गरेका थिए।

जोना शेर्पाको मनोबल बढाउन र सहयोग गर्न केरिङ ह्याण्ड एनजीओका संस्थापक शिशिर बान्तावा राईले उनलाई एउटा कम्प्युटर प्रदान गर्ने पनि वचन दिएका छन्। समाजसेवी सतीस राईले जोना शेर्पालाई सबैले सहयोग गरेपछि उनको आफ्नै दोकान खोल्न सकिएको बताउँदै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।‌

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande