सन्त डा. रामविलास वेदान्तीको निधनमा मुख्यमन्त्रीद्वारा शोक व्यक्त
सन्त डा. रामविलास वेदान्तीको निधनमा मुख्यमन्त्रीद्वारा शोक व्यक्त


नयाँ दिल्ली, 15 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमंत्री रेखा गुप्ताले सोमवार पूज्य सन्त एवं पूर्व लोकसभा सांसदाडॉ. रामविलास वेदान्तीको निधनमा शोक व्यक्त गरिन्।

मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा भनिन्, पूज्य सन्त डा. वेदान्तीजीको निधन अत्यन्त दुःखद छ। उनी राम जन्मभूमि आन्दोलनका आधारभूत स्तम्भ थिए। उनी जानु भनेको राष्ट्रको लागि अपूरणीय क्षति हो। राम मन्दिरको सपनालाई साकार बनाउनको लागि उनले वर्षौंसम्म अनौठो त्याग र कठोर तपस्या गरे। उनको यो अमेट निष्ठा र प्रभुको प्रतिमूर्ति हाम्रो स्मरणमा सदैव रहनेछ। उनको सम्पूर्ण जीवन साँचो देशभक्ति र राष्ट्रसेवाको प्रेरणाश्रोत रह्यो। प्रभु श्री रामसित प्रार्थना छ, दिवगंत पुण्यात््मालाई आफ्नो श्रीचरणमा स्थान प्रदान गरून् अनि शोकाकु परिवार, शिष्य एवं अनुयायीहरूलाई यस गहन दुःखलाई सहन गर्ने शक्ति प्रदान गरून्।

उल्लेखनीय छ, 07 अक्टोबर, 1958-मा मध्य प्रदेशमा जन्म ग्रहण गरेका डा. वेदान्ती भारतीय जनता पार्टी (भाजपा)- का नेता, श्री राम जन्मभूमि ट्रस्टका सदस्य औ विश्व हिन्दू परिषदका सदस्य समेत रहिसकेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande