
नयाँ दिल्ली, 15 दिसम्बर (हि.स.)। दिल्लीको रामलीला मैदानमा आइतबार आयोजित कांग्रेसको ‘वोट चोर, गद्दी छोड़’ ऱ्याली विवादमा परेको छ। सोशल मिडियामा आएका भिडियोहरूमा ऱ्यालीमा केही कांग्रेस कार्यकर्ताहरूले प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध आपत्तिजनक नारा लगाएको देखिन्छ, जसलाई लिएर केन्द्रिय संसदीय कार्यमन्त्री किरेन रिजिजूले कड़ा आपत्ति जनाउॅंदै कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे तथा लोकसभा नेता प्रतिपक्ष राहुल गॉंधीसॅंग माफी माग्न अपील गरेका छन्।
किरेन रिजिजूले नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै भने, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे राज्यसभामा नेता प्रतिपक्ष र राहुल गॉंधी लोकसभामा नेता प्रतिपक्ष हुन्। त्यसैले, लोकतान्त्रिक मान्यताहरूको पालना गर्नु र संसदमा प्रधानमन्त्री र राष्ट्रसँग माफी माग्नु दुवैको जिम्मेवारी हो।
रिजिजुले कांग्रेसको विचारधाराप्रति आफ्नो कुनै आपत्ति नभएको र राहुल गॉंधीले आफ्नो पार्टीको इच्छा अनुसार कुनै पनि विचारधारा अपनाउन सक्ने बताए। यद्यपि, र्यालीमा प्रधानमन्त्री विरुद्ध यस्तो भाषाको प्रयोग भारतीय राजनीतिको इतिहासमा अत्यन्तै दुर्भाग्यपूर्ण रहेको बताए। उनले भने, राजनीतिक दलहरू प्रतिद्वन्द्वी हुन सक्छन्, तर शत्रु होइनन्। सबैको लक्ष्य देशको लागि काम गर्नु र २०४७ सम्ममा विकसित भारतको सपना पूरा गर्नु हो।
उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले सधैं विपक्षीहरूलाई राजनीतिक प्रतिद्वन्द्वीको रूपमा व्यवहार गर्न प्रोत्साहित गर्छन्, तर प्रधानमन्त्रीलाई मार्नु वा उनको चिहान खन्ने जस्ता नाराहरू लोकतन्त्रको लागि हानिकारक छन्। राजनीतिक बहसको पनि सीमा हुनुपर्छ।
रिजिजुले भने, भाजपा र राष्ट्रिय जनतान्त्रिक गठबन्धनले कहिल्यै पनि कसैको विरुद्ध वा कसैको परिवारको विरुद्धमा यस्तो भाषा प्रयोग गरेका छैनन्। राजनीतिक मतभेद हुन सक्छ, तर सबैले लोकतान्त्रिक मर्यादा बुझ्नुपर्छ। उनले भने, संसदको अधिवेशन चलिरहेको छ, र कांग्रेस अध्यक्ष र दुवै सदनका विपक्षी नेताले सदन भित्र आएर देशसँग माफी माग्नुपर्छ।
हिन्दुस्थान समाचार / भवानी थामी