
आसनसोल, 15 दिसम्बर (हि. स.)। जमीनको सौदालाई लिएर भएको विवादमा बन्दुक तेर्साएर आतंकित पारेको आरोपमा सालानपुर थाना अन्तर्गत रूपनारायण फाँड़ीको पुलिसले जय गोराइ नामक व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले उसको बन्दुक र बोलेरो वाहनलाई पनि जफत गऱ्यो। आरोपीलाई सोमवार आसनसोल अदालतमा पेश गरी रिमाण्डको माग गरिएको छ।
आरोपीमाथि जमीन खरिद गर्नको लागि एडभान्स मनीको रूपमा दिइएको दुई लाख रुपियाँ फर्काइदिने माग गर्दा बलजफ्ती वाहनमा बसाएर कनपटीमा बन्दुक तेर्साएर धम्की दिएको आरोप छ। मामिलामा पीड़ित पल्लव तिवारीको पक्षबाट रूपनारायणपुर फाँड़ीमा सिकायत दर्ता गराएका थिए। घटनाको कारणले क्षेत्रमा खैलाबैला मचिएको छ।
पल्लवले आफ्नो सिकायतमा बताएका छन्, आइतवार अपरान्ह जयले उनलाई केंदुआड़ी चौरस्तामा बोलायो अनि आफ्नो बोेलेरो वाहनमा बसायो। वाहनभित्र पैसा फिर्ता गर्ने कुरा गर्दा जयले अचानक बन्दुक निकालेर उनको कनपटीमा तेर्सायो। दुवैमाझ लामो बहस भयो। वरपरका मानिसहरू पनि त्यहाँ भेला हुन थाले। मानिसहरूले पल्लवलाई वाहन बाहिरबाट निकालेर पुलिसलाई सूचित गरिदिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा