
-27,310 महिलाहरूलाईवित्तीय सहायता प्रदान, स्वरोजगार औआत्मनिर्भरतालाई प्रोत्साहन
होजाई (असम), 16 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार लामडिंग विधानसभा क्षेत्रमा मुख्यमन्त्री महिला उद्यमिता अभियान (एमएमयूए) अन्तर्गत वित्तीय सहायता वितरण कार्यक्रमको शुभारम्म गरे।
कार्यक्रममा कुल 27,310 महिला स्वयं सहायता समूह (एसएचजी) सदस्यहरूलाई10,000 रुपियाँको दरले चेक प्रदान गरियो। मुख्यमन्त्रीले यस अवसरमा भने, यस पहलबाट महिलाहरूलाई स्वरोजगारको लागि आवश्यक प्रारम्भिक पूँजी प्राप्त हुनेछ जसबाट उनीहरू आर्थिक रूपमा सशक्त हुन सक्नेछन्। उनले भने, महिला उद्यमिताहरूको सपनालाई साकार पार्न तथा उनीहरूलाई आत्मनिर्भर बनाउनु राज्य सरकारको प्रमुख प्राथमिकताहरूमा सामेल छ।
डा. सरमाले बताए, लामडिंग विधानसभा क्षेत्रका केही महिलाहरूले अब ‘लखपति बाइदेव’-कोरूपमा आफ्नो पहिचान बनाइसकेका छन् जुन महिला सशक्तिकरणको दिशामा एक महत्वपूर्ण उपलब्धि हो। उनले भने, नारी शक्तिलाई केन्द्रमा राखेर सरकार आत्मनिर्भर असम निर्माणको दिशामा लगातार अग्रसर भइरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा