असमको धिङमा आजदेखि शुरू भयो बेदखली अभियान
असमको धिङमा आजदेखि शुरू भयो बेदखली अभियान


-230 बिघा भूमि हुनेछ अतिक्रमण मुक्त

नगाउँ (असम), 16 दिसम्बर (हि.स.)। असमको नगाउँ जिल्ला अन्तर्गत धिङ क्षेत्रमा मंगलवारदेखि व्यापक रूपमा अतिक्रमण हटाऔं अभियान शुरू गरिएको छ। चार दिनव्यापी यस अभियान अन्तर्गत लगभग 230 बिघा भूमिलाई अतिक्रमण मुक्त गरिनेछ। अभियानको पहिलो दिन तीन प्रमुख झील वा आद्रभूमिमा कारबाही गरिँदैछ।

जिल्ला प्रशासन अनुसार झील क्षेत्रलाई कब्जा गरी स-सानो भागमा विभाजन गरेर अवैध रूपमा ठूलो संख्यामा तलाउ बनाइएको थियो जहाँ विगत लामो समयदेखिकै माछा पालन भइरहेको थियो। यी तलाउहरूको निर्माणले गर्दा वरपरका कृत्रिम बाढ़ीको स्थिति उत्पन्न भइरहेको थियो जसबाट स्थानीय मानिसहरूलाई ठूलो समस्या भइरहेको थियो।

यो अतिक्रमण हटाऔं अभियान रौमारी झील, मागुरमारी झील, मौराधज औ भेरभेरी झील क्षेत्रमा संचालन गरिँदैछ। कारबाहीमा अवैघ रूपमा बनाइएका तलाउहरूको बाँध भत्काएर झीललाई पुनः खोलिँदैछ ताकि प्राकृतिक जल प्रवाह बहाल हुन सकोस्।

जिल्ला प्रशासनले बतायो, यस अभियानको मुख्य उद्देश्य प्राकृतिक जलश्रोतहरूको रक्षा गर्नु अनि क्षेत्रमा बारम्बार आउने बाढ़ीको समस्यादेखि मानिसहरूलाई राहत दिलाउनु हो। अभियान अवधि कानून व्यवस्थालाई कायम राख्नको लागि पर्याप्त मात्रामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande