
लखिमपुर (असम), 16 दिसम्बर (हि.स.)। असममा नशालु पदार्थविरूद्ध संचालित अभियान अन्तर्गत घिलामरा पुलिसले 4.707 किलोग्राम गाँजा जफत गरेको छ। यस अवधि एकजना कथित तस्करलाई पनि पक्राउ गरिएको छ।
पुलिस प्रवक्ता अनुसार गुप्त सूचनाको आधारमा घिलामरा थानाका नव-नियुक्त प्रभारी अधिकारी अभिजीत दलैको नेतृत्वमा पुलिस टीमले पितामनी गाउँमा छापा माऱ्यो। यो कारबाही पूर्ण सेनापतिका पुत्र राजू सेनापतिको घरमा गरिएको हो। यस अवधि घरको पछाड़ि राखिएको एउटा प्लास्टिकको ब्यागबाट 4.707 किलोग्राम प्रतिबन्धित गाँजा जफत गरियो।
पुलिसले बतायो, पक्रा पर्ने आरोपी राजू सेनापतिमाथि ढकुवाखाना, घिलामरा, सुबनसिरी औ गोगामुख क्षेत्रमा लामो समदेखिकै अवैध गाँजा तस्करीमा सामेल रहेको गम्भीर आरोप थियो। तर अहिलेसम्ममा उ पुलिसको कब्जादेखि बाहिर थियो।
अभियुक्तलाई हिरासतमा लिएर जाँचबुझ गर्न शुरू गरिएको छ भने यस सम्बन्धमा मामिला दर्ता गरिएको छ। जफत गरिएको गाँजाको नमूनालाई फोरेन्सिक जाँचको लागि पठाउने प्रक्रिया भइरहेको छ।
----
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा