
कोकराझार (असम), 16 दिसम्बर (हि.स.)। असमको कोकराझार जिल्लामा प्रस्तावित रेल पथ अवरोध (रेल रोकौं) अभियानलाई हाल अस्थायी रूपमा स्थगित गरिएको छ। यो रेल अवरोध कार्यक्रमलाई पुठियागाउँ लक्ष्मी मन्दिर क्षेत्रमा आोजना गर्नु थियो जसलाई केएसडीसी, आक्ऱासू, जेसीपीए, केपीपीआईयू सहित केही संगठनहरूको संयुक्त आह्वानमा गरिनुथ्यो।
वास्तवमा कोच-राजबंशी समुदायलाई जनजातिको दर्जा दिनुपर्ने, पृथक कामतापुर राज्यको पुनर्गठन, कोच-राजबंशी भाषालाई संवैधानिक मान्यता तथा केएलओ र केएलओ (केएन)-सित शीघ्र शान्ति सम्झौताको मागलाई लिएर यो आन्दोलन प्रस्तावित थियो।
आन्दोलनकारी नेतृत्वले मीडियालाई बताए, गृह मन्त्रालयले सात दिनभित्रमा वार्ता गर्ने आश्वासन दिएको भए पनि रेल पथ अवरोध कार्यक्रमलाई हाल स्थगित गर्ने निर्णय लिइएको छ। उनीहरूले स्पष्ट चेताउनी दिए, यदि तय समय-सीमाभित्र वार्ता भएन भने वा बातचित केवल औपचारिक मात्र हुन्छ भने आन्दोलनलाई अझ तीव्र बनाइनेछ।
यसबीच, आन्दोलनकारीहरूले पुठियागाउँ खेल मैदानमा आफ्ना विभिन्न मागहरूको समर्थनमा शान्तिपूर्ण विरोध प्रदर्शनलाई जारी राखेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा