
गुवाहाटी, 16 दिसम्बर (हि.स.)। प्रसिद्ध असमिया गायक जुबिन गर्गको मृत्युसित सम्बन्धित मामिलाको पहिलो सुनवाई आज कामरूप महानगर जिल्लाका मुख्य न्यायिक दण्डाधिकारी (सीजेएम)-को अदालतमा भयो। सबै सातजना आरोपीहरूलाई भीडियो कन्फ्रेन्सिंगको माध्यमबाट अदालतमा पेश गरियो। यो कदम अदालतमा आरोपीहरूको शारीरिक उपस्थितिबाट उत्पन्न हुनसक्ने कुनै पनि सम्भावित समस्यालाई रोक्नको लागि उठाइएको हो। मामिलामा आरोप पत्र दर्ता भएपछि अदालतमा सुनवाई भएको यो पहिलो पटक हो। जाँच एजेन्सीहरू अनुसार 12,270 पृष्ठको आरोप पत्रमा केही आश्चर्यचकित तथ्यहरू सामु आएको छ।आरोप छ, सुनियोजित षड़न्त्र अन्तर्गत जुबिन गर्गको हत्या गरियो। आरोप पत्रमा यो पनि उल्लेख गरिएको छ, जुबिन गर्ग समुद्र तटमा लगभग 75 मिनटसम्म अचेत अवस्थामा लड़िरहे, जसपश्चात उनलाई एम्बुलेन्स मार्फत अस्पतालमा लगियो। आरोर पत्र गत 12 दिसम्बरमा अदालतमा दर्ता गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा