
नदिया, 16 दिसम्बर (हि.स.)। कल्याणी-ब्यारकपुर एक्सप्रेस वेमा गए सोमवार अपरान्ह भएको सड़क दुर्घटनामा एकजना डिलीभरी ब्बोईको मृत्यु भयो। मृतकको नाम सौमेन राय हो। पलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
जानकारी अनुसार 49 वर्षीय सौमेन रायले एक फुड डिलीभरी कम्पनीमा काम गर्दथे। विगत लामो समयदेखिकै यसै कम्पनीमा काम गर्दै आइरहेका सौमेनको घर उत्तर 24 परगनाको कांचरापाड़ा टिकटिकी बजार क्षेत्रमा रहेको छ।
सोमवार अपरान्ह कल्याणी-ब्यारकपुर एक्सप्रेसवेमा सौमेनले द्रूत गतिमा चलाइरहेका थिए। कुनै ग्राहकलाई खाना पुऱ्याउनको लागि तिनलाई हतार थियो। हतारमा उसले बाइकमाथि आफ्नो नियन्त्रण गुमाए अनि अर्को बाइकसित ठोक्किए। यसै अवधि एक्सप्रेसवेमा पछिबाट आइरहेको एउटा द्रूत गतिको चार चक्के वाहनले तिनलाई कुल्चियो। दुर्घटना भएको देखेर स्थानीय मानिसहरूर तुरून्तै घटनास्थलमा पुगे। सौमेनलाई तत्कालै कल्याणी जवाहरलाल नेहरू मेमोरियल अस्पतालमा लगियो। तथापि ड्यूटीमा तैनाथ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।खबर पाएर घटनास्थलमा कल्याणी थानाको पुलिस पुग्यो। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा