भाजपा संचालित पञ्चायत समितिको कार्यालयमा शिक्षा कर्माध्यक्षमाथि कुटपिट गरेको आरोप
भाजपा संचालित पञ्चायत समितिको कार्यालयमा शिक्षा कर्माध्यक्षमाथि कुटपिट गरेको आरोप


हुगली, 16 दिसम्बर (हि. स.)। भाजपा संचालित पञ्चायत समितिको कार्यालयमा शिक्षा कर्माध्यक्षमाथि कुटपिट गरेको आरोप खानाकुलका भाजपा विधायक सुशान्त घोषमाथि लागेको छ। केही दिनअघि खानाकुलको बीडीओ कार्यालयमा पसेर औंली उठाएर धम्की दिएको आरोप पनि यी भाजपा विधायकमाथि लागेको थियो। यसपालि गए सोमवार अपरान्ह शिक्षा कर्माध्यक्षलाई कार्यालयभित्रै कुटपिट गरेको आरोप लागेको छ। घटनालाई लिएर राजनीतिक तानातान शुरू भएको छ। यस मुद्दामा भाजपा नेतृत्व मौन छन्।

जानकारी अनुसार गए सोमवार अपरान्ह खानाकुल दुई नम्बर पञ्चायत समितिको कार्यालयमा बैठक आयोजना भएको थियो। आरोप छ, यसै अवधि विधायक सुशान्त घोषले शिक्षा कर्माध्य रबिन पटेलमाथि हमला गरे। उनलाई थप्पड़, घुस्साले हाने। घाइते रबिनलाई बचाएर पहिला खानाकुल ग्रामीण अस्पताल लगियो र पछि उनलाई आरामबाग मेडिकल कलेज एवं अस्पतालमा लगियो।

रबिन पटेलको आरोप छ, पार्टीका मण्डल अध्यक्षको नाममा एउटा फेरीघाटलाई स्वयं विधायकले संचालन गर्दै आएका छन्। त्यसदिन पञ्चायत समितिको वित्त समितिको बैठकमा फेरीघाटको पैसालाई लिएर प्रश्न उठ्यो। उनले एक लाख रुपियाँ मात्र दिएका छन्। साढ़े 20 लाख रुपियाँ दिएनन्। यस सम्बन्धमा भन्दा ममाथि निर्दयता पूर्वक कुटपिट गरियो।

घटनालाई लिएर राजनीतिक बबाल शुरू भएको छ। तृणमूलको पक्षबाट यस घटनाको व्यापक निन्दा गरिएको छ। तृणमूलका राज्य सचिव स्पन नन्दीले भने, पैसा बाँढ़्नेलाई लिएर भाजपाले आफै कुटपिट गरिरहेको छ। गुटबाजीलाई लुकाउने चेष्टा गरिएको थियो जुन छर्लङ्ग भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande