डम्परसित ठोक्किएर तीनजना युवकको मृत्यु, चालक भाग्यो
डम्परसित ठोक्किएर तीनजना युवकको मृत्यु, चालक भाग्यो


मुर्शिदाबाद, 16 दिसम्बर (हि. स.)। हल्दिया फरक्का बादशाही सड़कमा खड़ग्राम थाना अन्तर्गत कपासडांगा संलग्न राइस मिल नजिक गए सोमवार साँझ भएको एक सड़क दुर्घटनामा तीनजना युवकहरूको मृत्यु भयो। मृतकहरूको पहिचान आसलम शेख (16), आकाश शेख (26) औ ईद मोहम्मद (12)- को रूपमा भएको छ। सबैको घर खड़ग्राम थानाको जटारपुर गाउँ रहेको बताइएको छ।

प्राप्त जानकारी अनुसार खड़ग्रामदेखि बजारमा सर-सामग्री खरिद गरी मोटरबाइकमा फर्किरहेको समय विपरीत दिशाबाट आएको एउटा डम्परले मोटरबाइकलाई ठक्कर दियो। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। घटना कसरी भयो जाँच गरिरहेको छ। अर्कोतिर घटनापछि हत्यारा डम्पर लिएर चालक भाग्न सफल भयो जसलाई पुलिसले खोजिरहेको छ।

पहिला घाइतेहरूलाई बचाउनको लागि स्थानीय मानिसहरूले बचाउ कार्य शुरू गरे। पुलिसले आएर तीनैजनालाई खड़ग्राम ब्लक अस्पतालमा लग्यो। तर गम्भीर रूपमा घाइते भएको कारणले तीनैलाई उपचारको निम्कि कांदी सब-डिभीजनल अस्पतालमा स्थानान्तरित गरियो जहाँ उनीहरूको मृत्यु भयो।

प्रारम्भिक जाँचमा पुलिसले पत्तो लगाएको छ, यस दिन तीनजना युवकहरू बजारमा किनमेल गर्नका लागि खड़गपुर नगर गएका थिए। यहाँंबाट फर्किने क्रममा यो दुःखदायी दुर्घटना भयो। घटनाको कारणले बादशाही सड़कमा यातायात जाम भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande