
इम्फाल, 16 दिसम्बर (हि.स.)। मणिपुरको इम्फाल ईस्ट र थौबल जिल्लामा सुरक्षा बलहरूले बितेको 24 घण्टामा अलग-अलग स्थानहरूमा खोजी अभियान संचालन गरी प्रचुर मात्रामा हतियारहरू सहित अन्य विस्फोटक सामग्रीहरू जफत गरेको छ। पुलिस प्रवक्ताले मंगलवार बताए, इम्फाल ईस्ट जिल्लाको सागोलमंग थाना अन्तर्गत चानुंग हिल रेञ् क्षेत्रमा संचालित अभियानमा सुरक्षा बलहरूले एउटा स्कोप जड़ित संशोधित .303 राइफल, दुई वटा .303 राइफल, 12 बोरको केही एसबीबीएल बन्दुक, स्थानीय स्तरमा निर्मित हतियार, इंसास, एलएमजी म्यागजिन तथा विभिन्न प्रकारका जिउँदो कारतूसहरू जफत गरे। यस अतिरिक्त एउटा बिना डेटोनेटरको ह्याण्ड ग्रेनेड, 2 इञ्चको हाई एक्सप्लोसिव मोर्टार शेल (एमके-1) औ बुलेटप्रूफ ज्याकेट कभर पनि जफत गरियो।
यसरी नै सागोलमंग थाना क्षेत्रकै चांगसांग हिल रेञ्जमा भएको अर्को कारबाहीमा सुरक्षा बलहरूले एउटा देशी 9 एमएम पेस्तोल, दुई वटा जिउँदो कारतूसले भरिएको पेस्तोल म्यागजिन, गोला-बारूद, इंसास एलएमजी म्यागजिन, एके र एसएलआर राइफलको प्रयोग भइसकेको कारतूसको खोल तथा एउटा पेस्तोल होल्सटर जफत गरियो।
पुलिस प्रवक्ता अनुसार थौबल जिल्लाको खोंगजोम थाना अन्तर्गत तेंथा तुवाबंद इरेल चिंग क्षेत्रमा संचालित अभियानमा तीन वटा 12 बोर बन्दुक, म्यागजिन सहित एउटा एसएमजी कार्बाइन्, संशोधित राइफल र पेस्तोल, ह्याण्ड ग्रेनेड, इंसास एलएमजी एवं एसएलआरको म्यागजिन र प्रचुर मात्रामा विभिन्न क्यालिबरको गोला-बारूद जफत गरियो। यसको साथै रबर बुलेट र टियर स्मोक शेल सहित दंगा नियन्त्रणसित सम्बन्धित सामग्री समेत जफत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा