माँ फ्लाइओभरमा एकपछि अर्को गर्दै थुप्रै वाहनहरू आपस्तमा ठोक्किए, बाइक सवार गम्भीर रूपमा घाइते
माँ फ्लाइओभरमा एकपछि अर्को गर्दै थुप्रै वाहनहरू आपस्तमा ठोक्किए, बाइक सवार गम्भीर रूपमा घाइते


कोलकाता, 16 दिसम्बर (हि.स.)। माँ फ्लाइओभरमा मंगलवार बिहान एकपछि अर्को वाहनहरू आपस्तमा ठोक्किए। जानकारी अनुसार माँ फ्लाइओभरमा एउटा वाहन डिभाइडरसित ठोक्किेएर उल्टो दिशाको लेनमा पुग्यो। उल्टो दिशामा आएर पनि उक्त वाहनले अर्को वाहनलाई ठक्कर दियो। पछि त्यस वाहनलाई अर्को एउटा बाइकले ठक्कर दियो।

भनिन्छ, दुर्घटनामा बाइक सवार गम्भीर रूपमा घाइते भए जसलाई अस्पतालमा लगिएको छ। यो श्रृङ्खलावद्ध दुर्घटना थियो जसमा पहिला एउटा वाहनले डिभाइडरसित ठोक्किएर उल्टो लेनमा अर्को वाहनसित ठोक्कियो र अन्तमा एउटा बाइक पनि यस ठक्करको चपेटमा पऱ्यो।

पुलिसले घटनास्थलमा पुगेर यातायात व्यवस्था बहाल गर्ने प्रयास गऱ्यो। घटनाको कारण पत्तो लगाउन जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande